पर्यटन

सन् २०२५ पोखरा भ्रमण वर्ष : २० लाख पर्यटक आउने विश्वास

सन् २०२५ लाई पोखरा भ्रमण वर्षको रुपमा मनाइने भएको छ । देशको पर्यटकीय राजधानी पोखरामा स्वदेशी तथा विदेशी पर्यटक आकर्षण गर्न पोखरा भ्रमण वर्ष २०२५ घोषण हुँदै छ ।पोखरा महानगरपालिकाले २०२५ वर्षलाई पोखरा भ्रमण वर्ष घोषणा गर्न लागेको हो । फागुन ३ गते उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको प्रमुख आतिथ्यतामा पोखरा भ्रमण वर्ष २०२५ घोषणा गर्ने कार्यक्रम रहेको मेयर धनराज आचार्यले बताएका छन् । कार्यक्रममा पौडेलसहित संघीय पर्यटन मन्त्री बद्री पाण्डे, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र गण्डकीका पर्यटन मन्त्री… पुरा पढौ

मौरिस हर्जोगको चर्चित पुस्तक ‘अन्नपूर्ण ’ अब नेपाली भाषामा

काठमाडौं । मौरिस हर्जोगको प्रसिद्ध पुस्तक ‘अन्नपूर्ण : प्रिमियर ८०००’ को नेपाली अनुवाद सकिएको छ । नेपालका लागि फ्रान्सकी महामहिम राजदूत भिर्जिनी कोर्तभालले उक्त अनुवादको मस्यौदा फाइनप्रिन्टका सिइओ नीरज भारीलाई हस्तान्तरण गरेकी छन् । सन् १९५१ मा पहिलो पटक प्रकाशित ऐतिहासिक यात्रावृत्तान्त अन्नपूर्णले विश्वभरिका पाठकलाई मन्त्रमुग्ध पारेको छ । यो पुस्तक अन्नपूर्णको सफल आरोहणबारे हो, जुन विश्वकै पहिलो ८००० मिटर अग्लो शिखर आरोहण थियो । यो पुस्तक दर्जनौं भाषामा अनूदित भई लाखौं प्रति बिक्री भइसकेको छ । यसले नेपाललाई विश्वभर… पुरा पढौ

पाताले छाँगो महानगर आफैले व्यवस्थापन गर्ने

पोखरा महानगरपालिकाले पाताले छाँगो आफैले व्यवस्थापन गर्ने भएको छ । महानगरपालिकाले आह्वानमा आइतबार बसेको सर्वपक्षीय बैठकले पोखराको प्रमुख पर्यटकीय गन्तव्य पाताले छाँगोमा भइरहेको अवरोध हटाइ तत्काल नियमित सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले डेविज फल्स महानगरपालिका आफैले कानुन बमोजिम पर्यटन शुल्क उठाई सञ्चालन गर्ने, पर्यटकका लागि खुला गर्ने र महालेखा परीक्षकको कार्यालयले औँल्याएको बेरुजु फछ्यौटका लागि आवश्यक प्रक्रिया अगाडि बढाउने निर्णय गरेको पनि बताइएको छ । पोखरालाई पर्यटकीय राजधानी घोषणा भएको अवस्थामा छोरेपाटन मा।वि।ले डेभिज फल्सको पर्यटन शुल्क उठाइरहेको… पुरा पढौ

“लुम्बिनी” न्यूयोर्क टाइम्सको विश्वका घुम्नलायक स्थानको सूचीमा

न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको विश्वका घुम्नलायक उत्कृष्ट स्थानको सूचीमा नेपालको लुम्बिनी पनि परेको छ । विश्वका उत्कृष्ट २५ गन्तव्यमध्ये लुम्बिनीलाई विश्वविख्यात पत्रिका न्यूयोर्क टाइम्सले नवौं स्थानमा राखेको हो । ‘प्राचीन तीर्थस्थलमा नयाँ मन्दिर र ध्यान केन्द्रको भ्रमण गर्नुहोस्’ भन्दै न्यूयोर्क टाइम्सले लुम्बिनीबारे संक्षिप्त परिचय समेत राखेको छ । त्यसमा लेखिएको छ( हजारौं वर्ष पहिले मायादेवी नामकी रानीले लुम्बिनीको बगैंचामा बुद्ध सिद्धार्थ गौतमलाई जन्म दिएकी थिइन् । त्यतिबेलाका पुरातन भग्नावशेष र समकालीन बौद्ध केन्द्रहरुले भरिएको तीर्थस्थल भएको छ लुम्बिनी । विनाशकारी… पुरा पढौ

अन्नपूर्ण संरक्षण क्षेत्रमा अहिले सम्मकै धेरै २ लाख ४४ हजार पर्यटक

पोखरा पदयात्रा पर्यटनकालागि विश्वमै उत्कृष्ट गन्तव्य मानिएको अन्नपूर्ण संरक्षण क्षेत्रमा पछिल्ला प्रत्येक वर्ष धेरै पर्यटक पुग्न थालेका छन् । सन् २०१९ मा अन्नपूर्ण संरक्षण क्षेत्रमा सबैभन्दा धेरै १ लाख ८१ हजार पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेका थिए । कोभिडपछि लगातार पर्यटक घट्दो क्रममा रहेकामा सन् २०२३ र २०२४ मा अन्नपूर्ण संरक्षण क्षेत्रमा सन् २०१९ को रेकर्डलाई पनि ब्रेक गर्दै पर्यटक आगमन बढेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख डा रविन कडरियाले बताए । कोभिडका कारण सन् २०२१ मा अन्नपूर्ण… पुरा पढौ

फेवाताल पुरिँर्दै : संकटमा जैविक विविधता

पोखरा : कुनै बेला जलारीले फेवातालबाट दैनिक २ हजार ३ सय किलोसम्म माछा मार्थे। त्यसबाटै करिब १ सय परिवारको रोजीरोटी चल्थ्यो। दुई चार हजारको खांँचो नै पर्दैनथ्यो। अहिले भने फेवामा माछा पाउनै मुस्किल छ। हिउँदका दिनमा पनि मुस्किलले २ सय किलोसम्म मात्रै माछा हात पर्ने गरेको उनीहरूको गुनासो छ। फेवा पुरिँदै जानु, प्रदूषण बढ्दै जानु र माछाका चरिचरन मासिँदै जाँदा माछा कम हुँदै गएको जलारीहरू बताउँछन्। ताल पुरिँदै जाँदा र प्रदूषणको चपेटामा पर्दा जैविक विविधतामा असर गरेको छ । जैविक विविधता महासन्धि… पुरा पढौ

पाेखराकाे फेवातालमा ड्रागन बोट फेस्टिभल

पोखराको फेवाताल आइतबार दोस्रो ड्रागन बोट रेस प्रतियोगिता सुरु भएको छ। चिनियाँ दूतावासको मुख्य आयोजनामा भएको प्रतियोगितामा सहभागी हुन चिनियाँ खेलाडी र प्राविधिक सहितको टोली चाटर्ड उडानमा पोखरा आएका थिए।  ड्रागन बोट रेस गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको आयोजनामा हुन लागेको हो। नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सहआयोजना रहेको छ।   उद्घाटन कार्यक्रममा बोल्दै खेलकुद मन्त्री तेजुलाल चौधरीले ड्रागन बोट जस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए।… पुरा पढौ

विकसित र औद्योगिक राष्ट्रहरूले जलवायु सङ्कटको जिम्मेवारी लिनुपर्छ –पूर्वराष्ट्रिपति भण्डारी

 पोखरा : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विकास प्रक्रियालाई तीव्रता दिँदा जलवायु परिवर्तनका प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्ने र त्यसलाई अनुकूल बनाउने किसिमका नीति तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न आवश्यक रहेको बताएकी छन् ।  त्रिभुवन विश्वविद्यालय र चीनका सिचुवान विश्वविद्यालय अन्तर्गत चाइना सेन्टर फर साउथ एसियन स्टडिजको संयुक्त आयोजनामा बिहीबार देखि पोखरामा सुरु भएको “फेवा संवाद” को उद्घाटन सत्रमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान गर्ने नेपालसहित हिमाली र टापु राष्ट्रहरू जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित भएको बताइन् । कार्बन… पुरा पढौ

एलिना चौधरीले जितिन टफ्टाइगर नेचुरलिस्ट अफ द इयर अवार्ड २०२४

पोखरा ः नवलपुर कावासोती १३ लौखानीकी २७ वर्षीय एलिना चौधरीले टफ्टाइगर नेचुरलिस्ट अफ द इयर अवार्ड २०२४ प्राप्त गरेकी छन् । संरक्षण, दिगो पर्यटन र महिला सशक्तिकरणमा उनले पु¥याएको योगदानलाई कदर गर्दै अवार्ड प्रदान गरिएको हो । वाराही जङ्गल लजकी प्रकृतिविद् एलिना चौधरीले वन्यजन्तु संरक्षण, दिगो पर्यटन र संरक्षण क्षेत्रमा महिलाको भूमिकालाई प्रवर्द्धन गर्ने प्रयासकालागि अवार्ड प्रदान गरिएको जनाइएको छ । टफ्टाइगरको आयोजनामा भारतको नयाँ दिल्ली स्थित बिकानेर हाउसमा हालै भएको अवार्ड वितरण समारोहमा उनले अवार्ड पाएकी हुन् । अवार्ड कार्यक्रममा… पुरा पढौ

एशियाली चरा सम्मेलन : अर्नीथोलोजिकल एलायन्सको गठन

चीनको राजधानी बेइजिङ्गमा हालै सम्पन्न दोस्रो एशियाली चरा सम्मेलनबाट एशियन अर्नीथोलोजिकल अलायन्सको गठन भएकाे छ । इन्सटिच्युट अफ जुलोजी, चाइनिज एकेडेमी अफ साईन्सेजका प्रध्यापक बरीष्ठ चरा बैज्ञानिक फुमिन लिको अध्यक्षतामा गठन भएको एशियन अर्नीथोलोजिकल अलायन्सले एशियामा पाईने चरा र तिनको बासस्थानको अनुसन्धान र संरक्षणका लागि अन्तरदेशीय सहकार्य र समन्वय गर्ने लक्ष्य लिएको छ । ३९ देशका ५२८ चरा अनुसन्धानकर्ता तथा संरक्षणकर्मी सहभागी उक्त चरा सम्मेलनमा नेपालबाट ६ जना चरा अनुसन्धानकर्मीले आफ्नो प्रस्तुती राखेका थिए । इन्सटिच्युट अफ जुलोजी, चाइनिज एकेडेमी… पुरा पढौ