पर्यटन

वडा सदस्य मिङ्गार र डिकीले चुमे मनास्लु हिमालको चुचुरो

सामागाउँका मिङ्गार छिरिङ र डिकी ल्हामुले ८ हजार १ सय ६३ मिटर अग्लो मनास्लु हिमाल चुमेका छन् । सामागाउँका ३७ वर्षका मिङ्मार चुमनुब्री गाउँपालिका १ का वडा सलस्य हुन् । २१ वर्षकी डिकी र मिङ्मार दुबैजनाले स्थानीयवासीको हैसियतमा पहिलो पटक मनास्लु हिमाल आरोहण गरेका हुन् । दुबै जनाले बिना अक्सिजन मनास्लु हिमालको आरोहण गरेको स्थानीय धार्के लामाले बताएका छन् । डिकीले स्थानयि पोशाकमै मनास्लुको चुचेरोमा पुगेको आरोहणको व्यवस्था गरेको कम्पनी पायोनियर एड्भेञ्चर ट्रेक्सले जनाएको छ । तस्बिर : पायोनियर एडभेञ्चर… पुरा पढौ

विश्व पर्यटन दिवस मनाउन १२ देशका राजदूत पोखरामा

पोखरा :  कोेभिड—१९ को कारण थला परेको पर्यटन उद्योगलाई गति दिन विश्व पर्यटन दिवसको अवसरमा गण्डकी प्रदेश सरकारको निमन्त्रर्णामा १२ देशका राजदूत सहित विभिन्न अन्तर्राष्ट्रिय नियोगका प्रतिनिधि आईतबार पोखरा आएका छन् । आईतबार दिउँसो पोखरा विमानस्थलमा राजदूत सहतिको टोली आइपुग्दा गण्डकी प्रदेशका पर्यटन सचिव ज्ञानेन्द्र पौडेल, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख काशीराज भण्डारी, पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई लगायतले स्वागत गरे । कोरोनाले थलो परेको पर्यटन उद्योगलाई गति दिन विभिन्न देशका राजदूत लगायतलाई निमन्त्रर्ण गरी विश्व पर्यटन दिवस… पुरा पढौ

पर्यटकलाई अनअराइभल भिसा : व्यवसायी उत्साहित

सन् २०१९ को अन्तिम महिना डिसेम्बरमा चीनमा पहिलो पटक देखापरेर विश्वभर फैलिएको कोभिड—१९ का कारण अझै पनि विश्व पर्यटन बजार प्रभावित भएको छ । कोरोना सङ्क्रमण नियन्त्रण गर्न नेपालमा पनि २०७६ साल चैत ११ गते देखि पहिलो लकडाउन शुरु भएको थियो । पहिलो लकडाउन खुकुलो भएर पर्यटन उद्योग चलायमान ०७७ असोज देखि भएको थियो ।  कोरोना सङ्क्रमण बढेपछि पुन १५ वैशाख २०७८ मा  दोस्रो लकडाउन लगाइएको थियो । संयोगले दोस्रो लकडाउन पनि असोज १ गते देखि नै कास्की जिल्ला लगायतका जिल्लामा… पुरा पढौ

जनकुपुर देखि मुक्तिनाथ धार्मिक पर्यटकटीय सर्किट

पोखरा ः कोरोना सङ्क्रमणका कारण करिब दुई वर्ष देखि थला परेको पर्यटन उद्योगलाई उठाउन प्रदेश प्रदेश बिच सहकार्य हुनु पर्नेमा जोड दिइएको छ । गण्डकी प्रदेश र प्रदेश—२ बिच आन्तरिक पर्यटन प्रवर्द्धनका लागि बिहीबार पोखरामा भएको अन्तरक्रिया कार्यक्रममा दुवै प्रदेशका मुख्यमन्त्रीहरुले पर्यटन विकासकालागि सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले कोरोना सङ्क्रमणले थला परेको पर्यटन उद्योगलाई प्रदेश प्रदेश बिच सहकार्य गरेर आन्तरिक पर्यटन प्रवर्द्धन गरी उठाउनु पर्नेमा जोड दिए । पर्यटन विकासकालागि सङ्घीय सरकारले सबै प्रदेशलाई समान… पुरा पढौ

धाैलागिरी आरोहणका लागि आउन थाले पर्यटक

यहाँस्थित हिमाल आरोहणका लागि पर्यटक आउन थालेका छन् । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल आरोहणका लागि पर्यटक आउन थालेका हुन् । यो हिमाल धवलागिरि गाउँपालिका–४ मा पर्छ । विदेशी र स्वदेशी आरोही, शेर्पा, पथप्रर्दशक, भरिया र सहयोगी आधार शिविर पुग्न थालेपछि चहलपहल सुरु भएको छ । शरद्कालीन याममा हिमाल चढ्ने अनुमति लिएका आरोही हेलिकोप्टर र पैदलयात्रा गरेर आधार शिविरमा पुग्न थालेका छन् । सेभेन समिट र पाइनर टे«कमार्फत आएका आरोही बाबियाचौरबाट हेलिकोप्टर चढेर आधार शिविर गएका स्थानीयस्तरमा आरोहण… पुरा पढौ

सहस्राब्दी पदमार्गका व्यवसायी पर्यटक कुँर्दैछन्

कोरोना भाइरस सङ्क्रमणका कारण लामो समयदेखि ठप्प बनेका पर्यटकीयस्थल खुल्दै जान थालेसँगै तनहुँको दुलेगौँडाबाट स्याङ्जाको रामबाछा जोडिने नेपालकै एक मात्र मध्यपहाडी क्षेत्रस्थित सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)का व्यवसायी यतिखेर पर्यटकको स्वागतका लागि जुटिसकेका छन् । असोजको पहिलो सातादेखि पर्यटक भित्र्याउने लक्ष्यका साथ पदमार्गमा क्षेत्रमा रहेका १७ वटा घरबास (होमस्टे)का सञ्चालकलाई यतिखेर सरसफाइ एवं पूर्वाधारलाई व्यवस्थित गर्न भ्याइनभ्याइ छ । लामो समयदेखि कोरोनाका कारण प्रभावित यस क्षेत्रको पदयात्रा आगामी दिनमा बढ्ने विश्वास पलाएको मिलेनियम ट्रेक व्यस्थापन समितिका महासचिव हर्क गुरुङले बताउनुभयो ।… पुरा पढौ

हिमालयका जहाजमा जीवनदायी मेसिन

हिमालय एयरलान्सले आप्नो सबै जहाजमा जीवनदायी मेसिन जडान गरेको बताएको छ । एयरलाइन्सले आप्ना सबै जहाजमा बाह्य रुपमा प्रयोग गर्न मिल्ने अटोमेटेड एक्सटर्नल डेफिब्रिलेट राखेको बताएको हो । जीवनदायी मेसिनले यात्रुको ह्दयगति बन्द भएमा, नाडी बन्द भएमा वा श्वास प्रश्वास रोकिने अवस्था आएमा यस मेसिनको सहायताले बिरामीको मुटुमा एक प्रकारको दवाव दिएर मुटु, श्वास प्रश्वास र नाडीको गति पुन: कायम गराउन सकिने बताइएको छ । यसरी बिरामीको जीवन बाच्न सक्छ । जीवनदायी मेसिन राखिएपछि हिमालयका जहाजमा यात्रा गर्दा सुरक्षित, विश्वसनिय… पुरा पढौ

पाेखरामा असाेज १ देखि लकडाउन हट्दै : रात्रिकलीन व्यवसाय पनि खुल्दै

पोखरा : कास्कीमा  जारी लकडाउन असाेज १ गते देखि हट्ने भएकाे छ । कोरोना सङ्क्रमण नियन्त्रण गर्न दोस्रो पटक वैशाख १५ देखि लगाइएको निषेधाज्ञा असोज १ गते देखि हट्ने भएकाे हो ।  लकडाउन खुले सँगै अब शैक्षिक संस्था देखि सबै खाले व्यवसाय खुला हुने छन् ।  यस अघि लकडाउन खुले पनि स्कुल, रात्रीकालिन व्यवसाय क्लब, दोहोरी साँझ, डान्सबार भने खुलेका थिएनन् । असोज १ गते देखि सबै खाले व्यवसाय खुलाउने निर्णय गरेको कास्कीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए । लामो समय… पुरा पढौ

पर्यटकको औसत बसाई बढ्याे

कोभिड–१९ महामारीले नेपाल आउने विदेशी पर्यटकको सङ्ख्या घटेपनि उनीहरुको औसत बसाई भने बढेको पाइएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हालै सार्वजनिक गरेको ‘नेपाल पर्यटन तथ्याङ्क २०२०’ अनुसार पर्यटकको औसत बसाई विगत वर्षभन्दा केही बढेर १५ दिन नाघेको छ । अघिल्ला तीन वर्षमा पर्यटकको औसत बसाई सरदर १२ दिन थियो । सन् २०१९ मा १२ दशमलव ७, सन् २०१८ मा १२ दशमलव ४ र सन् २०१७ मा १२ दशमलव ६ दिन थियो । त्यसअघि सन् २०११ र सन्… पुरा पढौ

अन्नपूर्ण आधारशिविर असोजबाट खुल्ने

कोरोनाले बन्द अन्नपूर्ण आधारशिविर पदयात्रा आगामी असोज पहिलो साताबाट खुल्ने भएको छ। कोरोनाबीच देशका धार्मिक, सांस्कृतिक र पर्यटकीय गन्तव्य खुल्न थालेसँगै सो आधारशिविर पदमार्ग खुल्ने भएको हो। विश्वकै उत्कृष्ट १० मध्येको उक्त पदमार्गमा पर्ने सो आधारशिविर क्षेत्रमा स्वास्थ्यमापदण्ड बनाएर पदयात्रा खोल्न लागिएको छोम्रोङ पर्यटन व्यवस्थापन समितिका सचिव दीलीप गुरुङले बताए। 'पदयात्रामा जानेलाई लक्षित गरी असोज पहिलो साताबाट यो क्षेत्र खुलाउन लागेका हौं', उनले भने,'पदयात्राका क्रममा पर्यटकलाई कोभिडको आशङ्का लागेमा छोम्रोङमा एन्टिजेन परीक्षणको प्रवन्ध गर्नेबारे छलफल भइरहेको छ।' नजिकैबाट हिमाल नियाल्दै… पुरा पढौ