पर्यटन

पाेखराकाे फेवातालमा ड्रागन बोट फेस्टिभल

पोखराको फेवाताल आइतबार दोस्रो ड्रागन बोट रेस प्रतियोगिता सुरु भएको छ। चिनियाँ दूतावासको मुख्य आयोजनामा भएको प्रतियोगितामा सहभागी हुन चिनियाँ खेलाडी र प्राविधिक सहितको टोली चाटर्ड उडानमा पोखरा आएका थिए।  ड्रागन बोट रेस गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको आयोजनामा हुन लागेको हो। नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सहआयोजना रहेको छ।   उद्घाटन कार्यक्रममा बोल्दै खेलकुद मन्त्री तेजुलाल चौधरीले ड्रागन बोट जस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए।… पुरा पढौ

विकसित र औद्योगिक राष्ट्रहरूले जलवायु सङ्कटको जिम्मेवारी लिनुपर्छ –पूर्वराष्ट्रिपति भण्डारी

 पोखरा : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विकास प्रक्रियालाई तीव्रता दिँदा जलवायु परिवर्तनका प्रतिकूल प्रभावलाई न्यूनीकरण गर्ने र त्यसलाई अनुकूल बनाउने किसिमका नीति तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गर्न आवश्यक रहेको बताएकी छन् ।  त्रिभुवन विश्वविद्यालय र चीनका सिचुवान विश्वविद्यालय अन्तर्गत चाइना सेन्टर फर साउथ एसियन स्टडिजको संयुक्त आयोजनामा बिहीबार देखि पोखरामा सुरु भएको “फेवा संवाद” को उद्घाटन सत्रमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीले हरितगृह ग्यास उत्सर्जनमा न्यून योगदान गर्ने नेपालसहित हिमाली र टापु राष्ट्रहरू जलवायु परिवर्तनबाट सबैभन्दा बढी प्रभावित भएको बताइन् । कार्बन… पुरा पढौ

एलिना चौधरीले जितिन टफ्टाइगर नेचुरलिस्ट अफ द इयर अवार्ड २०२४

पोखरा ः नवलपुर कावासोती १३ लौखानीकी २७ वर्षीय एलिना चौधरीले टफ्टाइगर नेचुरलिस्ट अफ द इयर अवार्ड २०२४ प्राप्त गरेकी छन् । संरक्षण, दिगो पर्यटन र महिला सशक्तिकरणमा उनले पु¥याएको योगदानलाई कदर गर्दै अवार्ड प्रदान गरिएको हो । वाराही जङ्गल लजकी प्रकृतिविद् एलिना चौधरीले वन्यजन्तु संरक्षण, दिगो पर्यटन र संरक्षण क्षेत्रमा महिलाको भूमिकालाई प्रवर्द्धन गर्ने प्रयासकालागि अवार्ड प्रदान गरिएको जनाइएको छ । टफ्टाइगरको आयोजनामा भारतको नयाँ दिल्ली स्थित बिकानेर हाउसमा हालै भएको अवार्ड वितरण समारोहमा उनले अवार्ड पाएकी हुन् । अवार्ड कार्यक्रममा… पुरा पढौ

एशियाली चरा सम्मेलन : अर्नीथोलोजिकल एलायन्सको गठन

चीनको राजधानी बेइजिङ्गमा हालै सम्पन्न दोस्रो एशियाली चरा सम्मेलनबाट एशियन अर्नीथोलोजिकल अलायन्सको गठन भएकाे छ । इन्सटिच्युट अफ जुलोजी, चाइनिज एकेडेमी अफ साईन्सेजका प्रध्यापक बरीष्ठ चरा बैज्ञानिक फुमिन लिको अध्यक्षतामा गठन भएको एशियन अर्नीथोलोजिकल अलायन्सले एशियामा पाईने चरा र तिनको बासस्थानको अनुसन्धान र संरक्षणका लागि अन्तरदेशीय सहकार्य र समन्वय गर्ने लक्ष्य लिएको छ । ३९ देशका ५२८ चरा अनुसन्धानकर्ता तथा संरक्षणकर्मी सहभागी उक्त चरा सम्मेलनमा नेपालबाट ६ जना चरा अनुसन्धानकर्मीले आफ्नो प्रस्तुती राखेका थिए । इन्सटिच्युट अफ जुलोजी, चाइनिज एकेडेमी… पुरा पढौ

फेवाताल देखि रारा यात्रामा फिरन्ते टोली

 पोखरा : पोखराको फिरन्ते टोली मोटरसाइकल र स्कुटरमा पोखराको फेवाताल देखि रारा ताल सम्मको यात्रामा निस्केका छन् । यात्रामा ज्येष्ठ नागरिक पोखरा ७ नुवारथोकका ६८ वर्षीय कृष्ण प्रसाद बराल देखि युवा ४२ वर्षका मनोज बराल सम्म छन् । कृष्ण प्रसाद बराल यस अघि मोटरसाइकलमै मेची महाकाली यात्रा गरिसकेका छन् । ५ वटा मोटरसाइकल र २ वटा स्कुटरमा १० जना फेवाताल देखि रारा ताल सम्मका यात्रामा बुधबार निस्केका हुन् । फेवा–रारा यात्रामा निस्कनु अघि पोखरा ७ का वडा अध्यक्ष राममोहन आचार्यले  यात्रामा सहभागी… पुरा पढौ

प्राकृतिक विपद्ले घट्यो पर्यटक आगमन

पोखरा : नेपालमा पर्यटकीय सिजनमा पनि पर्यटक आगमन घटेको छ । यसको मुख्य कारण नेपालमा भएका प्राकृतिक विपद् रहेको पर्यटन व्यवसायीले बताएका छन् प्राकृतिक विपद्को साथै नेपालमा बेला बेलामा भएका जहाज र हेलीकोप्टर दुर्घट्नाका कारण पनि पर्यटकले असुरक्षित महशुस गर्ने गरेको पर्यटन व्यवसायी बताउँछन् । पटक पटक दोहोरिएर हुने दुर्घट्नाका कारण पनि पर्यटक नेपाल आउन तर्शने अवस्था आएकोले सुरक्षित हवाई यात्रामा सरकारले विशेष ध्यान दिनुपर्ने पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सोम थापा बताउँछन् । नेपाल पर्यटन बोर्डका अनुसार पर्यटन सिजनको… पुरा पढौ

धौलागिरीमा पाँच रसियन आरोहिको मृत्यु

धौलागिरी हिमालको आरोहणमा गएका पाँच जना रसियन आरोहीको मृत्यु भएको छ । ८ हजार मिटर उचाइमा पुगेका आरोही आइतबार राति ११ बजेदेखि सम्पर्कविहीन भएका थिए । सम्पर्कविहीन आरोहीहरुलाई मृत फेला पारिएको पर्यटन विभागले जनाएको छ । आरोहणका क्रममा ८ हजार मिटर हाराहारीमा पुगेपछि थप अगाडि बढ्न नसक्ने निष्कर्षसहित आइबार तल्लो शिविरमा फर्कने निर्णय लिएका आरोहीहरुको मृत्यु भएको जनाइएको छ । आफूहरु फर्कने निर्णयमा पुगेका जानकारी उनिहरुले आप्नो साथीहरुलाई आधार शिविरमा गराएको बताइएको छ । रातको ११ बजेपछि उनिहरुसँगको सम्पर्क टुटेको… पुरा पढौ

फेवातालमा डुङ्गा व्यवसायीको सिण्डिकेट

पोखरा :  पोखराको फेवातालमा फेवा डुङ्गा व्यवसायीको सिण्डिकेटमा महानगरपालिकाले साथ दिँदा स्ट्याण्ड अप प्याडल, कायक लगायत अन्य साहसिक जलीय पर्यटनका गतिविधि रोकिएका छन् ।  फेवा डुङ्गा व्यवसायी समितिको निवेदनकै आधारमा जिल्ला प्रशासन कार्यालय कास्की र पोखरा महानगरपालिकाले  १ महिना १० दिन स्ट्याण्ड अप प्याडल, कायक लगायत जलीय पर्यटकीय आकर्षणका गतिविधि सञ्चालन गर्न रोक लगाएका थिए । महानगरपालिकाकै निर्णयमा  एक महिना रोकिएको खेल पुन सञ्चालनमा  दुई दिनमै स्टयाण्ड अप प्याडल लगायतका खेल पुन डुङ्गा व्यवसायीको दबाबमा कुनै पनि डुङ्गा घाटबाट चलाउन नपाइने गरी… पुरा पढौ

तराई र पहाडमा ठूलो वर्षा, हिमाली जिल्ला मनाङ र मुस्ताङमा हिमपात

अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोका कारण धन, जनको क्षति भएको छ । पहाडी र तराईका जिल्लामा वर्षाका कारण बाढीपहिरो जाँदा हिमाली जिल्ला मनाङ मुस्ताङमा भने शुक्रबारदेखि हिमपात भएको छ ।  हिमपातका बिच पदयात्रामा रहेका पर्यटक  मनाङ हुँदै ५ हजार ४ सय १६ मिटर उचाइको थोरङ्ला पास गरेर मुस्ताङ पुगेका छन् । हिमपातका कारण चिसो मौसममा चिसो हिउँ छिचोल्दै पर्यटकहरू अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रा गरेका हुन् । पुस, माघ र कहिलेकाहीँ फागुनमा हुने हिमपात यसपटक पहाड र तराईमा ठूलो… पुरा पढौ

अन्नपूर्ण संरक्षण क्षेत्रको प्रवेश अनुमति पत्र अनलाइनबाट

अन्नपूर्ण संरक्षण क्षेत्रमा जाने पर्यटकले शुक्रवार देखि अनलाइनबाटै प्रवेशाज्ञा पत्र लिन सक्ने गरी अनलाइन सेवा सुरु भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रा, मुक्त्तिनाथ जाने पर्यटकले प्रवेशाज्ञा अब अनलाइनबाटै लिन सक्ने गरी अनलाइन सेवा सुरु भएको हो ।  ४५ औं विश्व पर्यटन दिवसको अवसरमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्यापले) अन्नपूर्ण संरक्षण क्षेत्रमा जाने पर्यटककालागि सहज हुने गरी यो सेवा सुरु गरेको आयोजना प्रमुख डा रविन कडरियाले जानकारी दिए । यस अघि अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रामा जाने पर्यटक र मुक्तिनाथ दर्शन गर्न जाने भारतीय… पुरा पढौ