पाेखरामा भाइटीका महाेत्सव हुने भएकाे छ । काेराेना भाइरसका कारण दुई वर्ष राेकीएकाे भाइटीका महाेत्सव यस वर्ष हुने भएकाे हाे । पश्चिमाञ्चल होटल सङ्घ पोखराले तिहारका अवसरमा आगामी शनिबार १४औँ भाइटिका महोत्सव–२०७८ आयोजना गर्ने भएको हाे । पर्यटकीय नगरी पोखराको लेकसाइडस्थित मम्स गार्डेन रिसोर्टमा महोत्सवको आयोजना गरिने छ । संस्कृतिका माध्यमबाट पर्यटन प्रवर्द्धन गर्दै कोभिड महामारीबीच पनि पर्यटन क्षेत्रमा आशा छर्ने लक्ष्यका साथ महोत्सव आयोजना गर्ने तयारी भइरहेको सङ्घका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए। कोभिड–१९ का कारण पर्यटन क्षेत्र निकै…
पुरा पढौ