पर्यटन

वन्यजन्तु अपराध नियन्त्रणकालागि कार्यशाला

वन्यजन्तु अपराध नियन्त्रणकालागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को आयोजनामा कार्यशाला भएको छ । एक्यापको आयोजनामा वडा प्रहरी कार्यालय रामबजारका सुरक्षाकर्मी बिच वन्यजन्तु अपराध नियन्त्रण जागरूकता समन्वय कार्यशाला सम्पन्न भएको हो ।  वन्यजन्तु अपराध नियन्त्रणका विषयमा केन्द्रित रहेर चार फरक फरक सत्रहरू सञ्चालन भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ । वन्यजन्तु र वन अपराध सम्वन्धि कानून, वन्यजन्तु अपराध परिदृश्य, नियन्त्रण उपायहरू, पहिचान, कानुनी प्रावधान लगायतका विषयमा कार्यशाला भएको हो । कार्यशालाले वन्यजन्तु अपराध नियन्त्रणमा थप सफलता मिल्ने… पुरा पढौ

संरक्षण यात्रा : लाटोकोसेरो कोर्दै बिद्यार्थी

नेपालमा पहिलोपटक गठन गरिएको ‘लाटोकोसेरो क्लब’ले आफ्नो रचनात्मक सुरुवातसँगै वातावरण संरक्षणको सन्देश फैल्याउन सुरु गरेको छ । पोखरा–२५ स्थित हेमजा बोर्डिङ स्कुलमा क्लबको नेतृत्व र ‘प्रकृतिका साथीहरू’ संस्थाको सहकार्यमा आयोजित संरक्षण चित्रकला प्रतियोगिता र सरसफाइ अभियानले बिधार्थी माझ नयाँ ऊर्जा थपेको हो । कार्यक्रमबारे क्लब अध्यक्ष सलिन गौतम भन्छन्, “चित्रकला जस्ता कार्यक्रमहरूले विद्यार्थीहरूलाई सिर्जनात्मक अभिव्यक्तिसँगै जैविक विविधता र वन्यजन्तु संरक्षणप्रतिको गहिरो चेतना प्रदान गर्छ।” बालमैत्री तरिकाबाट संरक्षण चेतना फैलाउन यस्ता गतिविधिहरू निकै प्रभावकारी हुने प्रकृतिका साथीहरू नेपालकी लाटोकोसेरो संरक्षण दूत दीपा… पुरा पढौ

पोखराको बासेको पधेरो क्षेत्रमा भेटियो बस्तीमा पानी लग्न प्रयोग गरिएका पुराना माटोका पाइप

पोखराको चारवटा वडाको सिमानामा पर्ने कैलाशेश्वर महादेव मन्दिर परिसर बासेको पधेरो नुवारथोकमा धेरै वर्ष पहिले बस्तीमा पानी लग्न गाडीएको अवस्थामा माटोको पाइप फेला परेको छ । स्थानीयहरूले पानी बस्तीमा लग्ने विस्तार गरिएकाे माटोको पाइप कहिले गाडीएको हो भन्ने नै थाहा नभएको बताएका छन् । बासेको पधेरो वर्षौ पुरानो मूलको स्रोत भएको पधेरो हो । यस पधेरोमा पोखरा ५, ६, ७ र १८ का बासिन्दा समेतले खानेपानीको प्रयोग गर्दै आएका छन् । यही पधेरोको पानी धेरै पहिले माटोको पाइप बनाएर बस्तीमा लगेको भेटिएको… पुरा पढौ

संरक्षण क्षेत्रमा पासो थापेर मारिन्छन् डाँफे, मुनाल

 चरा र वन्यजन्तुलाई पासो, संरक्षणकालागि जासुसी क्यामेरा जडान गर्दै एक्याप अन्नपूर्ण संरक्षण क्षेत्रमा चरा र वन्यजन्तुलाई पासो थापेर मार्ने गरेको पाईको छ । बेला बेलामा यस्ता घटना हुने गरेको हो । कालिज प्रजातिका चराको गणनाको क्रममा पनि विभिन्न ठाउँमा चरा मार्न पासो थापेको पाइएको अनुसन्धानमा संलग्न पवन राईले बताए । कालिज अनुसन्धानका क्रममा पासोमै कालिज मरेका र जिउँदै समेत फेला पारेर उद्धार गरेर प्रकृतिमै फर्काइएको पनि उनले बताए ।वन्यजन्तु संरक्षणमा अवैध चोरी सिकारी प्रमुख चुनौतीका रुपमा देखिँदै आएको पनि उनले… पुरा पढौ

अन्नपूर्ण संरक्षण क्षेत्रमा डाँफे, मुनालको चोरी शिकारी नियन्त्रण गर्न जासुसी क्यामेरा जडान गरिने

गरिनेमाछापुच्छ्रे, कास्की :  कास्कीका माछापुच्छ्रे« गाउँपालिका स्थित अन्नपूर्ण संरक्षण क्षेत्रमा डाँफे, मुनाल लगायत कालिज प्रजातिको गणना गरी संरक्षणको योजना अगाडी सारिएको छ । हालै कालिज प्रजातिका चराको गणनाको क्रममा संरक्षण क्षेत्रमा कालिज मार्न पासो थापिएको पाइएपछि संरक्षणको लागि थप कडाइको साथ योजना बनाइने भएको हो । जैविक विविधता संरक्षण समाज नेपाल र वल्ड फेजेन्ट एसोसिएसनको संयुक्त आयोजना र अन्नपूर्ण संरक्षण क्षेत्रको सहकार्यमा हालै कालिज प्रजातिको सर्वेक्षण गरिएको हो ।अन्नपूर्ण संरक्षण क्षेत्रको माछापुच्छ्रे« हिमाल क्षेत्रको पिलिचो, पिपर, खुमई, कोर्चा, लुब्रचु, चिचिम्ले… पुरा पढौ

पृथ्वी दिवस : पानीका स्रोत संरक्षण गरौंं इकोसिस्टम पुनस्थापना गरौं

माता पृथ्वीको संरक्षणकालागि विश्वभर २२ अप्रिलमा पृथ्वी दिवस मनाइन्छ । पृथ्वीको पर्यावरण संरक्षणकालागि छलफल, योजना र संरक्षण सचेतना लगायतका कार्यक्रम गरेर विश्वभर पृथ्वी दिवस मनाइन्छ । पृथ्वी दिवस प्रत्येक वर्ष १९२ भन्दा बढी राष्ट्रहरूमा मनाइन्छ । सन् १९६९ अमेरिकाको सान फ्रान्सिस्कोमा युनेस्कोको सम्मेलनमा शान्ति कार्यकर्ता जोन म्याक कोनेलले १९७० मा उत्तरी गोलाद्र्धको बसन्त ऋतुको पहिलो दिन मार्च २१ बाट मनाउने गरी पृथ्वीको सम्मान तथा शान्तिको अवधारणाको लागि एक दिनको माग गरेका थिए । तर पछि अमेरिकी सिनेटर गेलर्ड नेल्सनले सन्… पुरा पढौ

वन कुकुर संरक्षण विषयको नेपाली परियोजना अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट एकमा

कास्कीको ताङतिङ गाउँमा वन कुकुर संरक्षण र पर्यापर्यटनको काम गरिनेकृष्णमणि बरालपोखरा ः वन कुकुर संरक्षण विषयको नेपाली परियोजना अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट एकमा परेको छ । यो वर्ष नेपालको सिठ्ठी बजाउने सिकारीहरुमार्फत (वन कुकुर) नेपालमा पर्यटन प्रवर्दधन नामक परियोजना विश्वभरिका उत्कृष्ट ६ भित्र मनोनीत भएको थियो । उत्कृष्ट ६ भित्र परेपछि सुरु भएको भोटिङका आधारमा नेपाली परियोजना उत्कृष्ट भएको हो । युरोपियन आउटडोर कन्जरभेसन एसोसिएसन नामक संस्थाले प्रकाशन गरेको सूचीमा वाइल्डप्लेस समूह अन्तर्गत नेपाली परियोजना उत्कृष्ट भएको हो । परियोजना उत्कृष्ट… पुरा पढौ

वन कुकुर संरक्षण विषयको नेपाली परियोजना उत्कृष्ट ६ मा, भोटिङबाट उत्कृष्ट एकको छनोट हुने

वन कुकुर संरक्षण विषयको नेपाली परियोजना उत्कृष्ट ६ मा परेको छ । यो वर्ष नेपालको सिट्ठी बजाउने सिकारीहरूमार्फत (वन कुकुर) नेपालमा पर्यटन प्रवर्द्धन नामक परियोजना विश्वभरिका उत्कृष्ट ६ भित्र मनोनीत भएको हो ।  युरोपियन आउटडोर कन्जरभेसन एसोसिएसन नामक संस्थाले प्रकाशन गरेको सूचीमा वाइल्डप्लेस समूह अन्तर्गत नेपाली परियोजना उत्कृष्ट ६ मा परेको हो । यस परियोजना उत्कृष्ट एकमा पर्न सोमबारबाट सुरु भएको भोटिङबाट जित्नु पर्ने छ । परियोजना उत्कृष्ट एकमा परे करिब ४४ लाख नेपाली रुपैयाँ प्राप्त गर्नेछ । यसकालागि अनलाइन… पुरा पढौ

सन् २०२५ पोखरा भ्रमण वर्ष : २० लाख पर्यटक आउने विश्वास

सन् २०२५ लाई पोखरा भ्रमण वर्षको रुपमा मनाइने भएको छ । देशको पर्यटकीय राजधानी पोखरामा स्वदेशी तथा विदेशी पर्यटक आकर्षण गर्न पोखरा भ्रमण वर्ष २०२५ घोषण हुँदै छ ।पोखरा महानगरपालिकाले २०२५ वर्षलाई पोखरा भ्रमण वर्ष घोषणा गर्न लागेको हो । फागुन ३ गते उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको प्रमुख आतिथ्यतामा पोखरा भ्रमण वर्ष २०२५ घोषणा गर्ने कार्यक्रम रहेको मेयर धनराज आचार्यले बताएका छन् । कार्यक्रममा पौडेलसहित संघीय पर्यटन मन्त्री बद्री पाण्डे, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र गण्डकीका पर्यटन मन्त्री… पुरा पढौ

मौरिस हर्जोगको चर्चित पुस्तक ‘अन्नपूर्ण ’ अब नेपाली भाषामा

काठमाडौं । मौरिस हर्जोगको प्रसिद्ध पुस्तक ‘अन्नपूर्ण : प्रिमियर ८०००’ को नेपाली अनुवाद सकिएको छ । नेपालका लागि फ्रान्सकी महामहिम राजदूत भिर्जिनी कोर्तभालले उक्त अनुवादको मस्यौदा फाइनप्रिन्टका सिइओ नीरज भारीलाई हस्तान्तरण गरेकी छन् । सन् १९५१ मा पहिलो पटक प्रकाशित ऐतिहासिक यात्रावृत्तान्त अन्नपूर्णले विश्वभरिका पाठकलाई मन्त्रमुग्ध पारेको छ । यो पुस्तक अन्नपूर्णको सफल आरोहणबारे हो, जुन विश्वकै पहिलो ८००० मिटर अग्लो शिखर आरोहण थियो । यो पुस्तक दर्जनौं भाषामा अनूदित भई लाखौं प्रति बिक्री भइसकेको छ । यसले नेपाललाई विश्वभर… पुरा पढौ