पर्यटन

रेवानको आयोजनामा बेकरी तालिम

पर्यटन क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यका साथ रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान ) पोखराको आयोजनामा पोखरामा पाँच दिने एडभान्स बेकरी तालिम दिइएको छ । पोखराका विभिन्न होटल तथा रेस्टुराँमा कार्यरत रेस्टुरेन्टका कुकहरूलाई बेकरी तालिम प्रदान गरिएको हो । दक्ष जनशक्ति उत्पादनकालागि पम्प नेदरल्याण्ड र नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेजको सहयोगमा भएको तालिममा विभिन्न रेस्टुरेन्टमा कार्यरत २० जनाको सहभागिता रहेको आयोजकले बताएका छन् । तालिमको समापन समारोहमा नेपाल टुरिजम एन्ड होटल म्यानेजमेन्ट कलेजका अध्यक्ष अशोक पालिखेले तालिम लिएका प्रशिक्षार्थीले स्वदेशमै… पुरा पढौ

अन्नपूर्ण संरक्षण क्षेत्रमा रेकर्ड ब्रेकिङ पर्यटक

पोखरा : अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रामा यस आर्थिक वर्षको असार दोस्रो सातासम्म अहिलेसम्मकै धेरै पर्यटकले पदयात्रा र तीर्थयात्रा गरेका छन्। संरक्षण क्षेत्रको पदयात्रामा जाने विभिन्न देशका पर्यटक र मुक्तिनाथ मन्दिरको दर्शन गर्न जाने भारतीय पर्यटकसमेत गरेर अहिलेसम्मकै धेरै पर्यटक अन्नपूर्ण संरक्षण क्षेत्रमा पुगेका हुन्।  चालु आर्थिक वर्षको असार महिनाको दोस्रो सातासम्म अन्नपूर्ण संरक्षण क्षेत्रमा अहिलेसम्मकै धेरै २ लाख १७ हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) का प्रमुख डा। रविन कडरियाले जानकारी दिए। यो अवधिमा अन्नपूर्ण संरक्षण क्षेत्रमा सार्क… पुरा पढौ

पर्वतीय सङ्ग्रहालयमा सय वर्ष अघिको सगरमाथा आरोहण प्रयास समेटिएको डकुमेन्ट्री

पोखराको अन्तर्राष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा एक सय वर्ष अघि सगरमाथा आरोहण प्रयास समेटिएको डकुमेन्ट्री प्रदर्शन गरिएको छ । सन् १९२४ मा १२ जना बेलायती नागरिक र दार्जिलिङका शेर्पा सहितको आरोहण दलले सगरमाथा चढ्ने प्रयास गरेका थिए ।  तिनै विषयलाई समेटेको डकुमेन्ट्री देखाउन सुरु गरेको सङ्ग्रहालयले त्यतिबेलाका तस्बिरलाई ‘द फाइट फर एभरेस्ट १९२४’ नाम दिएर पर्यटकलाई प्रस्तुत गरिरहेको छ । तस्बिर जेठ २६ देखि नियमित प्रदर्शनीमा राखिएको हो । सोेमबारदेखि नै स्लोभेनियाका नागरिकले नेपालका हिमाल चढ्न थालेको इतिहासबारे जानकारी दिने तस्बिरको समेत प्रदर्शनी… पुरा पढौ

असार १५ मा हिलाेमा रमाए पर्यटक

पाेखरा पर्यटन परिषद्काे अायाेजनामा असार १५ मा पाेखराकाे फेवा फाँटमा भएकाे राेपाइँ महाेत्सवमा पर्यटकहरु हिलाेमा रमाएका छन् । पर्यटकहरु हिलाेमा दाैडेर हिलाे खेलेर रमाएका हुन् । महाेत्सवमा सहभागी पर्यटकले हालाे पनि जाेतेर अाफ्नाे देशमा अहिले हराइ सकेकाे परानाे परम्परागत कृषिमा रमाएका बताएका छन् । यसरी पर्यटक असार १५ मा रमाए । पुरा पढौ

असारे रोपाइँ महोत्सवमा हिलो खेलेर रमाए पर्यटक

पोखरामा भएको असारे रोपाइँ महोत्सवमा पर्यटक हिलो खेलेर रमाएका छन् । पोखरा पर्यटन परिषद्को आयोजनामा पोखराको फेवाफाँटमा भएको रोपाइँ महोत्सवमा २० देशका २ सय ५० भन्दा बढी विदेशी पर्यटकको सहभागिता रहेको अायोजना पोखरा पर्यटन परिषद् जनाएको छ ।  रोपाइँ महोत्सवमा पर्यटकहरूले हलो जोत्ने, साउने देखि हिलोले छ्यापाछ्याप गरेर रमाएका छन् । महोत्सवमा सहभागी पर्यटकहरूले हिलोमा भएको भलिबल प्रतियोगिता, डोरितान्ने प्रतियोगिता, दौड लगायत प्रतियोगितामा सहभागी भएर विभिन्न पुरस्कार पनि जिते । परम्परागत रुपमा गोरुको प्रयोग गरेर गरिएको कृषि पहिलो पटक देख्दा नयाँ अनुभव लिएको… पुरा पढौ

संरक्षण क्षेत्रका पदयात्रा मार्ग स्तरोन्नतिको लागि बजेट

पदमार्ग संरक्षण पर्यटनको प्रवद्र्धन भन्ने अभियानका साथ अन्नपूर्ण, मनास्लु, धौलागिरी, माछापुच्छे«, मर्दी लगायतका पदमार्गको संरक्षण, विकास र स्तरोन्नतिको लागि आवश्यक बजेट विनियोजन गरेको गण्डकी प्रदेश सभामा अर्थमन्त्री डा टकराज गुरुङले बताएका छन् । हिमाल आरोहण सम्बन्धी जनशक्ति उत्पादनकालागि तालिम कार्यक्रम सञ्चालन गर्ने र हिमाल आरोहण गर्ने प्रदेशबासीलाई प्रोत्साहन तथा सम्मान गर्न आवश्यक बजेट विनियोजन गरेको पनि उलने बताए । पर्यटकीय राजधानी पोखरा र आसपासका स्थानीय तहसँग सहकार्य तथा सहयोगमा ११ वटा पर्यटकीय स्याटलाइट गन्तव्य विकासका लागि बजेट व्यवस्था गरेको गण्डकी… पुरा पढौ

धराप थापे जस्ता बुढा रुख हटाउन स्थानीयको हारगुहार, भएन सुनुवाइ

पाेखरा : पर्यटकको चहलपहल हुने व्यस्त फेवाताल किनार गौरिघाटमा एक महिनाको फरकमा दुईवटा ठुला बुढा रुख ढले । संयोग व्यस्त पर्यटकीय केन्द्र लेकसाइडमा ढलेका दुबै रुखबाट मानवीय र भौतिक क्षति हुनबाट जोगियो । व्यस्त स्थानमा रुख ढल्दा सधै यस्तै संयोग पर्छ भन्ने छै्न । कुनै पनि बेला यस्ता बुढा रुख ढल्ने र मानवीय तथा भौतिक क्षति हुन सक्छ । यसैले सम्बन्धित निकायले बेलैमा यस्ता जोखिम मानिएका बुढा रुख अध्ययन गरेर हटाउनु नै उपयुक्त हुने स्थानीयले बताएका छन् । पहिलो ढलेको रुख… पुरा पढौ

गण्डकी प्रदेशमा ११ वटा पर्यटकीय स्याटलाइट गन्तव्य विकास गरिने

पर्यटकीय राजधानी पोखरा र आसपासका स्थानीय तहसँग सहकार्य तथा सहयोगमा ११ वटा पर्यटकीय स्याटलाइट गन्तव्य विकासका लागि बजेट व्यवस्था गरेको गण्डकी प्रदेश सभामा अर्थमन्त्री डा टकराज गुरुङले बताएका छन् । पदमार्ग संरक्षण पर्यटनको प्रवद्र्धन भन्ने अभियानका साथ अन्नपूर्ण, मनास्लु, धौलागिरी, माछापुच्छे«, मर्दी लगायतका पदमार्गको संरक्षण, विकास र स्तरोन्नतिको लागि आवश्यक बजेट विनियोजन गरेको पनि अर्थमन्त्री गुरुङले बताएका छन् । हिमाल आरोहण सम्बन्धी जनशक्ति उत्पादनकालागि तालिम कार्यक्रम सञ्चालन गर्ने र हिमाल आरोहण गर्ने प्रदेशबासीलाई प्रोत्साहन तथा सम्मान गर्न आवश्यक बजेट विनियोजन… पुरा पढौ

अन्नपूर्ण संरक्षण क्षेत्रमा अहिले सम्मकै धेरै २ लाख ५ हजार पर्यटक पुगे

पाेखरा : अन्नपूर्ण संरक्षण क्षेत्रमा पदयात्रा र मुक्तिनाथ मन्दिरको दर्शन गर्न जाने भारतीय पर्यटक समेत गरेर अहिले सम्मकै धेरै पर्यटकले अवलोकन गरेका छन् । पदयात्रा पर्यटनकालागि विश्वमै प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) मा कोभिड अघि सन् २०१९ मा सबैभन्दा धेरै १ लाख ८३ हजार पर्यटक पुगेका थिए । कोभिडका एक आर्थिक वर्षमा इतिहासकै कम पर्यटक संख्या ४ हजार पर्यटक मात्र पुगेको एक्यापको तथ्याङ्क छ । कोभिड कम हुँदै गएपछि सन् २०२३ मा १ लाख ७२ हजार १ सय ८५ जना पर्यटकले अन्नपूर्ण… पुरा पढौ

सगरमाथामा ड्रोन डेलिभरी परीक्षण सफल : सरसफाई र समान ढुवानीमा सहज हुने

पोखरा : विश्वकाे उच्च सगरमाथा हिमाल अाराेहण पर्वाताराेहीकालागि सपना हाे । विश्वका हिमाल प्रेमी पर्यटकका लागि पनि सगरमाथा मुख्य आकर्षणको केन्द्र हो । विश्वको सर्वोच्च शिखर सगरमाथाको उचाई चुम्न विश्वका पर्वतारोही प्रतिस्पर्धा गर्दै आएका छन् । सगरमाथा अाराेहण गर्दा जति उचाईमा पुग्यो अक्सिजनको लेबल कम हुने भएकोले लेक लाग्ने जोखिम उतिकै हुन्छ । यस्तोमा अक्सिजन महत्त्वपूर्ण रहन्छ । उच्च हिमालको आरोहणमा धेरै सामान बोकेर जान पनि सहज हुँदैन । यस्ता सम्या समाधानकालागि सगरमाथामा ड्रोन डेलिभरी परीक्षण गरिएकाेमा परिक्षण सफल भएको छ ।  यो… पुरा पढौ