
वन्यजन्तु अपराध नियन्त्रणकालागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को आयोजनामा कार्यशाला भएको छ । एक्यापको आयोजनामा वडा प्रहरी कार्यालय रामबजारका सुरक्षाकर्मी बिच वन्यजन्तु अपराध नियन्त्रण जागरूकता समन्वय कार्यशाला सम्पन्न भएको हो ।
वन्यजन्तु अपराध नियन्त्रणका विषयमा केन्द्रित रहेर चार फरक फरक सत्रहरू सञ्चालन भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ । वन्यजन्तु र वन अपराध सम्वन्धि कानून, वन्यजन्तु अपराध परिदृश्य, नियन्त्रण उपायहरू, पहिचान, कानुनी प्रावधान लगायतका विषयमा कार्यशाला भएको हो । कार्यशालाले वन्यजन्तु अपराध नियन्त्रणमा थप सफलता मिल्ने विश्वास आयोजक एक्यापको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पासोमा वन्यजन्तु पारेर मार्ने, चोरी शिकार हुने क्रम नियन्त्रणका काम भइआए पनि थप प्रभावकारी बनाउनु पर्ने चुनौती छ ।

संरक्षण क्षेत्रका दुर्गम हिमाली क्षेत्रमा वन्यजन्तुको पासोमा पारेर मार्ने र चोरी शिकार गर्ने क्रम रहेको हो । चोरी शिकार नियन्त्रणकालागि अन्नपूर्ण संरक्षण क्षेत्रले स्पाई क्यामेरा जडान गर्ने, बेला बेलामा सम्भावित चोरी शिकार हुने क्षेत्रमा गस्ती बढाउने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख रविन कडरियाले बताए । पछिल्लो समयमा चोरी शिकार नियन्त्रणकालागि थप प्रभावकारी रुपमा काम भइरहेको बताएको छ । प्रकृति, वन्यजन्तु संरक्षण सँगै पर्यापर्यटनको विकास अन्नपूर्ण संरक्षण क्षेत्रमा स्थापनाकाल देखि नै हुँदै आएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रमा पदयात्रा गर्न विश्वका विभिन्न देशका पर्यटक आउँछन् । अन्नपूर्ण संरक्षण क्षेत्रका प्राकृतिक सुन्दरता, हिमाली आकर्षणकै कारण गण्डकी प्रदेश र पोखरामा पर्यटकीय गतिविधि बढेको हो । वन्यजन्तु, प्राकृतिक स्रोत , वन्यजन्तु संरक्षण र पर्यापर्यटनको विकासकालागि नमुना संरक्षण क्षेत्र हाे एक्याप ।




पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
सन् २००० अघि सम्म हिउँको थुप्रो मात्र रहेको कास्कीको मादी गाउँपालिका सिक्लेस स्थित हुँगु क्षेत्रको हिउँको थुप्रो त्यसपछिका वर्षमा…
भारतीय लाटोकोसेरो संरक्षण उत्सवमा नेपालका संरक्षणकर्मी राजु आचार्य पुरस्कृत र सम्मानित भएका छन् । पिङ्गोरी, पूनेमा आयोजना भएको उत्सवमा…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ ।…