
वन्यजन्तु अपराध नियन्त्रणकालागि अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को आयोजनामा कार्यशाला भएको छ । एक्यापको आयोजनामा वडा प्रहरी कार्यालय रामबजारका सुरक्षाकर्मी बिच वन्यजन्तु अपराध नियन्त्रण जागरूकता समन्वय कार्यशाला सम्पन्न भएको हो ।
वन्यजन्तु अपराध नियन्त्रणका विषयमा केन्द्रित रहेर चार फरक फरक सत्रहरू सञ्चालन भएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) ले जनाएको छ । वन्यजन्तु र वन अपराध सम्वन्धि कानून, वन्यजन्तु अपराध परिदृश्य, नियन्त्रण उपायहरू, पहिचान, कानुनी प्रावधान लगायतका विषयमा कार्यशाला भएको हो । कार्यशालाले वन्यजन्तु अपराध नियन्त्रणमा थप सफलता मिल्ने विश्वास आयोजक एक्यापको छ । अन्नपूर्ण संरक्षण क्षेत्रमा पासोमा वन्यजन्तु पारेर मार्ने, चोरी शिकार हुने क्रम नियन्त्रणका काम भइआए पनि थप प्रभावकारी बनाउनु पर्ने चुनौती छ ।

संरक्षण क्षेत्रका दुर्गम हिमाली क्षेत्रमा वन्यजन्तुको पासोमा पारेर मार्ने र चोरी शिकार गर्ने क्रम रहेको हो । चोरी शिकार नियन्त्रणकालागि अन्नपूर्ण संरक्षण क्षेत्रले स्पाई क्यामेरा जडान गर्ने, बेला बेलामा सम्भावित चोरी शिकार हुने क्षेत्रमा गस्ती बढाउने अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाका प्रमुख रविन कडरियाले बताए । पछिल्लो समयमा चोरी शिकार नियन्त्रणकालागि थप प्रभावकारी रुपमा काम भइरहेको बताएको छ । प्रकृति, वन्यजन्तु संरक्षण सँगै पर्यापर्यटनको विकास अन्नपूर्ण संरक्षण क्षेत्रमा स्थापनाकाल देखि नै हुँदै आएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्रमा पदयात्रा गर्न विश्वका विभिन्न देशका पर्यटक आउँछन् । अन्नपूर्ण संरक्षण क्षेत्रका प्राकृतिक सुन्दरता, हिमाली आकर्षणकै कारण गण्डकी प्रदेश र पोखरामा पर्यटकीय गतिविधि बढेको हो । वन्यजन्तु, प्राकृतिक स्रोत , वन्यजन्तु संरक्षण र पर्यापर्यटनको विकासकालागि नमुना संरक्षण क्षेत्र हाे एक्याप ।




हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…