
सन् २०२५ लाई पोखरा भ्रमण वर्षको रुपमा मनाइने भएको छ । देशको पर्यटकीय राजधानी पोखरामा स्वदेशी तथा विदेशी पर्यटक आकर्षण गर्न पोखरा भ्रमण वर्ष २०२५ घोषण हुँदै छ ।
पोखरा महानगरपालिकाले २०२५ वर्षलाई पोखरा भ्रमण वर्ष घोषणा गर्न लागेको हो । फागुन ३ गते उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलको प्रमुख आतिथ्यतामा पोखरा भ्रमण वर्ष २०२५ घोषणा गर्ने कार्यक्रम रहेको मेयर धनराज आचार्यले बताएका छन् ।
कार्यक्रममा पौडेलसहित संघीय पर्यटन मन्त्री बद्री पाण्डे, गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र गण्डकीका पर्यटन मन्त्री मित्रलाल बस्याल उपस्थिति रहने पनि उनले बताए । भ्रमण वर्ष घोषणा गर्न पोखराका ३३ वटै वडा र पोखरा पर्यटन परिषद्को टोली ¥याली निकाल्दै प्रदर्शनी केन्द्रमा जम्मा हुने मेयर आचार्यले सुनाए । पोखरा भ्रमण वर्ष २०२५ मा स्वदेशी र विदेशी २० लाख पर्यटक भित्रने लक्ष्य राखिएको मेयर आचार्यले बताए । त्यसका लागि पोखरा भित्र्ने नाकामा पर्यटकको अभिलेख गरिने मेयर आचार्यले सुनाए ।

भ्रमण वर्ष सफल बनाउन जनप्रतिनिधि, कर्मचारी नागरिक समाज र पर्यटन व्यवसायीसहितको १,५५१ सदस्यीय मूल समारोह समिति गठन गरिएको छ । जसको संयोजक मेयर आचार्यले छन् । समितिले पोखरालाई पर्यटनको हबको रूपमा प्रवद्र्धन गर्दै आर्थिक, सामाजिक र सांस्कृतिक पक्षलाई मजबुत बनाउने रहेको पनि उनले बताए । मूल समारोह समितिले विभिन्न प्रचार र प्रचारात्मक अभियानहरू चलाउने, पोखराको ब्राण्डिङ गर्ने, विशेष घटनाहरूको आयोजना गर्ने उद्देश्य रहेको बताइएको छ ।
कार्यक्रमहरूमा स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्न विभिन्न अभियानहरूको सञ्चालन गर्दै विभिन्न देशबिच भगिनी सम्बन्ध स्थापना गर्ने योजना रहेको मेयर आचार्यले सुनाए । यो समितिले भ्रमण वर्ष सफल बनाउन गैर आवसीय नेपाल तथा स्वेदशी पाहुनालाई सपरिवार तथा इष्टमित्रलाई पोखरा भ्रमण गर्न आह्वान गर्ने जनाइएको छ ।
पोखराको पर्यटन क्षेत्रमा सुधारका लागि विभिन्न पूर्वाधार निर्माण गर्ने प्रक्रिया पनिअघि बढाइएको आचार्यले सुनाए । भ्रमण वर्ष घोषणा भएकै दिन विभिन्न प्याकेज पनि सार्वजनिक हुने मेयर आचार्यको बताए । ‘पोखरा हाम्रा लागि मात्र होइन, नेपालको प्रमुख पर्यटन गन्तव्य हो । यस भ्रमण वर्षको माध्यमबाट हामी पोखरालाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन र यहाँका सामाजिक, आर्थिक र सांस्कृतिक पक्षलाई सशक्त बनाउन तपाईं सबैको सहयोग चाहिन्छ,’ मेयर आचार्यले भने ।



पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
सन् २००० अघि सम्म हिउँको थुप्रो मात्र रहेको कास्कीको मादी गाउँपालिका सिक्लेस स्थित हुँगु क्षेत्रको हिउँको थुप्रो त्यसपछिका वर्षमा…
भारतीय लाटोकोसेरो संरक्षण उत्सवमा नेपालका संरक्षणकर्मी राजु आचार्य पुरस्कृत र सम्मानित भएका छन् । पिङ्गोरी, पूनेमा आयोजना भएको उत्सवमा…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ ।…