
पोखराको फेवाताल आइतबार दोस्रो ड्रागन बोट रेस प्रतियोगिता सुरु भएको छ। चिनियाँ दूतावासको मुख्य आयोजनामा भएको प्रतियोगितामा सहभागी हुन चिनियाँ खेलाडी र प्राविधिक सहितको टोली चाटर्ड उडानमा पोखरा आएका थिए।
ड्रागन बोट रेस गण्डकी प्रदेश सरकार, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको आयोजनामा हुन लागेको हो। नेपाल ड्रागन बोट एसोसिएसन, पोखरा पर्यटन परिषद् र पोखरा ओभरसिज चाइनिज एसोसिएसनको सहआयोजना रहेको छ।
उद्घाटन कार्यक्रममा बोल्दै खेलकुद मन्त्री तेजुलाल चौधरीले ड्रागन बोट जस्ता अन्तर्राष्ट्रिय प्रतियोगिताले पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेल्ने बताए। गण्डकी प्रदेशका सामाजिक विकास मन्त्री विन्दु थापाले गत वर्षदेखि सुरु भएको ड्रागन बोट फेस्टिभलले चिनियाँ पर्यटन प्रवर्द्धनमा सहयोगी हुने विश्वास गरे।
नेपालका लागि चिनियाँ राजदूत चेन सोङले सन् २०२५ लाई चीनले नेपाल भ्रमण वर्षका रूपमा घोषण गरेको बताए। यसले पर्यटक नेपाल आउने क्रम बढ्ने बताए। ड्रागनबोट रेस लगायतका खेलकुदका कार्यक्रमबाट चीन र नेपालको सम्बन्ध जनस्तरबाटै बलियो हुने उनको भनाइ छ। रेसमा नेपालका ११, चीनका ८ र सिंगापुरका १ गरी २० टोलीको सहभागिता छ। रेसले पोखरामा चिनियाँ लगायत विभिन्न देशका पर्यटकको आगमन बढाउन सहयोगी हुने पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले बताए। प्रतियोगितामा ५ सय मिटर र २ सय मिटर दूरीको रेस हुने छ। रेसमा दुवै विधामा प्रथम हुने टिमले ५/५ हजार डलर पुरस्कार पाउने छन्।
यसैगरी दोस्रो हुनेले २ हजार र तेस्रो हुनेले १२ सय डलर पाउने छन्। अरू सहभागीलाई ५/५ सय डलर प्रदान गरिने छ। पुरस्कारमा मात्र २५ हजार डलर खर्च हुने छ। रेसमा खेलाडी, प्राविधिकसहित गरी २ सय भन्दा बढीको सहभागिता रहने बताइएको छ। पहिलो दिनको प्रतिस्पर्धामा अधिकांश विधामा चिनियाँ खेलाडी अगाडि रहेका छन्।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…