पोखरा : पोखराको फेवातालमा फेवा डुङ्गा व्यवसायीको सिण्डिकेटमा महानगरपालिकाले साथ दिँदा स्ट्याण्ड अप प्याडल, कायक लगायत अन्य साहसिक जलीय पर्यटनका गतिविधि रोकिएका छन् । फेवा डुङ्गा व्यवसायी समितिको निवेदनकै आधारमा जिल्ला प्रशासन कार्यालय कास्की र पोखरा महानगरपालिकाले १ महिना १० दिन स्ट्याण्ड अप प्याडल, कायक लगायत जलीय पर्यटकीय आकर्षणका गतिविधि सञ्चालन गर्न रोक लगाएका थिए । महानगरपालिकाकै निर्णयमा एक महिना रोकिएको खेल पुन सञ्चालनमा दुई दिनमै स्टयाण्ड अप प्याडल लगायतका खेल पुन डुङ्गा व्यवसायीको दबाबमा कुनै पनि डुङ्गा घाटबाट चलाउन नपाइने गरी…
पुरा पढौ