
पोखरा : पोखराको फिरन्ते टोली मोटरसाइकल र स्कुटरमा पोखराको फेवाताल देखि रारा ताल सम्मको यात्रामा निस्केका छन् । यात्रामा ज्येष्ठ नागरिक पोखरा ७ नुवारथोकका ६८ वर्षीय कृष्ण प्रसाद बराल देखि युवा ४२ वर्षका मनोज बराल सम्म छन् ।
कृष्ण प्रसाद बराल यस अघि मोटरसाइकलमै मेची महाकाली यात्रा गरिसकेका छन् । ५ वटा मोटरसाइकल र २ वटा स्कुटरमा १० जना फेवाताल देखि रारा ताल सम्मका यात्रामा बुधबार निस्केका हुन् । फेवा–रारा यात्रामा निस्कनु अघि पोखरा ७ का वडा अध्यक्ष राममोहन आचार्यले यात्रामा सहभागी टोलीलाई सफल यात्राको शुभकामना दिँदै विदाई गरेका थिए ।
फेवा देखि रारा ताल सम्मको यात्राका क्रममा पोखराको पर्यटन प्रवर्धन हुने गरी सन्देश दिइने यात्रामा सहभागी ठाकुर प्रसाद बरालले बताए । रारा ताल देशकै पहिलो ठूलो ताल हो भने फेवा दोस्रो ठूलो ताल हो । देशकै दुई ठूला ताल पर्यटकीय दृष्टिकोणले आआफ्नो महत्त्व र आकर्षण रहेको छ । यसैले पनि पर्यटन प्रवर्धनको सन्देश यात्रामा दिइने बरालले बताए ।
फेवा देखि रारा सम्मका यात्रामा पोखरा वडा नम्बर ७ का पूर्व वडा अध्यक्ष रामचन्द्र बराल, पोखरा २१ का पूर्व वडा अध्यक्ष खगराज आचार्य, नुवारथोक टोल विकास संस्थाका अध्यक्ष दामोदर बराल, राष्ट्रिय सम्पदा तथा जनअधिकार संरक्षण समिति नेपालका अध्यक्ष ठाकुर प्रसाद बराल, नुवारथोक टोल विकास संस्थाका पूर्व अध्यक्ष सञ्जय पौडेल, दुर्गाराज बराल, शिव बराल र राजेन्द्र अधिकारी रहेका छन् ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…