
पोखरा : नेपालमा पर्यटकीय सिजनमा पनि पर्यटक आगमन घटेको छ । यसको मुख्य कारण नेपालमा भएका प्राकृतिक विपद् रहेको पर्यटन व्यवसायीले बताएका छन् प्राकृतिक विपद्को साथै नेपालमा बेला बेलामा भएका जहाज र हेलीकोप्टर दुर्घट्नाका कारण पनि पर्यटकले असुरक्षित महशुस गर्ने गरेको पर्यटन व्यवसायी बताउँछन् ।
पटक पटक दोहोरिएर हुने दुर्घट्नाका कारण पनि पर्यटक नेपाल आउन तर्शने अवस्था आएकोले सुरक्षित हवाई यात्रामा सरकारले विशेष ध्यान दिनुपर्ने पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष सोम थापा बताउँछन् । नेपाल पर्यटन बोर्डका अनुसार पर्यटन सिजनको महिना अक्टोबरमा करिब १ लाख ४० हजार पर्यटक आउने प्रक्षेपण गरिएको थियो । तर त्यो भन्दा कम १ लाख २४ हजार ३ सय ९३ पर्यटक मात्र हवाईमार्गबाट नेपाल आएको तथ्याङ्क छ ।
अनुमान गरिएको भन्दा कम आउनुमा गत असोजमा अविरल वर्षा र त्यसपछिको बाढी र पहिरोलाई पर्यटन व्यवसायीले कारण मानेका छन् । विपद्पछि धेरै बुकिङ रद्द भएको पोखराका पर्यटन व्यवसायीले बताएका छन् ।पोखरा आउने पर्यटकको संख्या पनि पृथ्वीराजमार्ग स्थरोउन्नतिको काम ढिला हुँदा असर परेको पोखराका पर्यटन व्यवसायीले बताएका छन् । पोखरा–काठमाडौं २ सय किलोमिटरको दुरी सडक स्थरोउन्नतिको कारण १० घण्टा र त्यो भन्दा पनि बढी सम्म लाग्ने भएकोले पनि विदेशी मात्र होइन आन्तरिक पर्यटकको आगमन पनि कम भएको होटल संघ नेपाल पोखराका अध्यक्ष लक्ष्मण सुवेदी बताउँछन् ।
पोखरा आउने पर्यटकहरु अधिकांश अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रामा जान आउने गर्दछन् । यही कारणले अन्नपूर्ण क्षेत्रको पलयात्रामा जाने पर्यटकको पनि आगमन घटेको छ । विशेषगरी तेस्रो मुलुकका पर्यटक पदयात्रामा आउने भए पनि पदयात्रा क्षेत्रमा सडक बनेपछि पदयात्रामै रमाउन आउने पर्यटकको संख्या घट्दो क्रममा रहेको टान पोखराका अध्यक्ष कृष्ण आचार्य बताउँछन् । बस्ती नभएका उच्च हिमाली क्षेत्रमा पनि सडक विस्तारले पदया त्रा पर्यटन संकटमा पर्दै गएको पनि उनले बताए ।



पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
सन् २००० अघि सम्म हिउँको थुप्रो मात्र रहेको कास्कीको मादी गाउँपालिका सिक्लेस स्थित हुँगु क्षेत्रको हिउँको थुप्रो त्यसपछिका वर्षमा…
भारतीय लाटोकोसेरो संरक्षण उत्सवमा नेपालका संरक्षणकर्मी राजु आचार्य पुरस्कृत र सम्मानित भएका छन् । पिङ्गोरी, पूनेमा आयोजना भएको उत्सवमा…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
एशियाको जलभण्डार — हिन्दुकुश हिमालय — जोगाउने र जगाउने उपायबारे पोखरामा शुक्रबार देखि ४ दिन मन्थन हुँदै छ ।…