‘टप अफ द वल्ड गल्फ क्लासिक’को उपाधी इन्द्रधारा विष्टलाई


     नेचर न्युज    
     भाद्र २ गते २०८१ मा प्रकाशित


पोखरा : तेस्रो संस्करणको ‘टप अफ द वल्ड गल्फ क्लासिक’को उपाधी गल्फर इन्द्रधारा विष्टले जितेकाछन् । विश्वकै अग्लो दावी गरिएको मुस्ताङ गल्फ कोर्समा शनिबार सम्पन्न प्रतियोगितामा विष्टले ३ अण्डर २१ स्कोर निकालेर प्रथम भएका हुन् ।

४ हजार ७ सय ९५ मिटर उचाइँमा भएको ९ होलको प्रतियोगितामा स्टेवल फोर्ड फूल हण्डिक्यापको फम्याटमा खेल खेलाइएको थियो । प्रतियोगितामा गल्फर फुर्साङ लामा दोस्रो भएका छन् । उनि नेपाल गल्फ एशोसियसनका उपाध्यक्ष हुन् । उनले २ अण्डर २० स्कोर प्राप्त गरेका थिए । यस्तै गरी पुरुषतर्फको ग्रस उपाधी गैर आवासीय नेपाली संघ ९एनआरएनए० अमेरिकाबाट प्रतिनिधित्व गरेका निर्मल श्रेष्ठले जितेको चीफ मार्शल भुवन गुरुङले जानकारी दिए । लगातार २ संस्करणमा उपाधी जितेका काठमाडौंका गल्फर श्याम तामाङ यसवर्ष भने हट्रिक गर्नबाट चुक ।

महिला तर्फको प्रतिस्पर्धामा पोखराकी बालकाशी गुरुङले उपाधी जितेकी छन् । उनले ५ अण्डर २३ स्कोरको नतिजा निकाल्दै प्रतियोगिताको उपाधि जितेकी हुन् । एक वर्ष अघिदेखि गल्फ खेल्न थालेकी गुरुङले पहिलो पटक उपाधी जितेकी हुन् । विश्वकै अग्लो गल्फ कोर्समा खेलेर उपाधि जित्ता गौरव लागेको उनले बताएकी छन् ।
धरानकी झुना राई प्रतियोगितामा दोस्रो भइन् । उनले उपाधी विजेता गुरुङ भन्दा १ स्कोर मात्रै कम ४ अण्डर २२ स्कोर प्राप्त गरेकी थिइन । प्रतियोगितामा ‘लङगेष्ट ड्राइभ’ संयोग शाहीले हिर्काउँदा क्लोजेष्ट टू दी पिन को ट्रफी महिला गल्फर मेदाङ लामाले प्राप्त गरिन् ।

कोर्सको तेस्रो होलमा होल इन वान र क्लोजेष्ट टू दि पिन राखिएको थियो । होल इन वान मा याक पुरस्कार राखिएको भए पनि कसैले पनि उक्त पुरस्कार पाउन सकेनन् । प्रतियोगिता उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका ५ स्थित लोवाथाङको ४ हजार ६ सय देखि ४ हजार ७ सय ९५ मिटर उचाईसम्म भएको थियो । प्रतियोगिताका उपाधी विजेताहरुलाई ट्रफी र पुरस्कार दिइएको थियो ।
तस्बिर: प्रकाश ढकाल