
तनहुँको आँबुखैरेनी नजिकै ऐनपहरामा बस दुर्घटनामा घाइते भएका १२ जनालाई उद्धार गरी नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएकाे छ। जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार घाइते भएका १२ जनालाई सेनाको एमआई १७ मा राखेर काठमाडौं लगिएकाे हो।
उनीहरूलाई त्रिवि शिक्षण अस्पतालमा लगिएकाे हो। पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ऐना पहराबाट मर्स्याङ्दी नदीमा खसेको थियाे । उक्त बसमा सवारमध्ये १४ जनाको मृत्यु भएको छ भने १६ जना घाइते भएका छन्। घाइतेमध्ये १२ जनालाई काठमाडौं ल्याइएको हो।
दुई दिन पोखराको स्पोट्स होतलमा बसेर शुक्रबार बिहान ७ बजे काठमाडौंकालागि गएको होट स्पोट्सका संचालक काशी पाण्डेले बताए । भारतीय पर्यटक दुई बसमा ९० जना पोखरा आएको थिए । दुईवटै बसमा उनिहरु काठमाडौंकालागि हिडेका थिए ।



मुस्ताङको जोमसोममा हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे दुईदिने राष्ट्रिय जलवायु परिवर्तन सम्मेलन सुरु भएको छ। घरपझोङ गाउँपालिकाको आयोजनामा…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…