
अन्नपूर्ण संरक्षण क्षेत्रमा जाने पर्यटकले शुक्रवार देखि अनलाइनबाटै प्रवेशाज्ञा पत्र लिन सक्ने गरी अनलाइन सेवा सुरु भएको छ । अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रा, मुक्त्तिनाथ जाने पर्यटकले प्रवेशाज्ञा अब अनलाइनबाटै लिन सक्ने गरी अनलाइन सेवा सुरु भएको हो ।
४५ औं विश्व पर्यटन दिवसको अवसरमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्यापले) अन्नपूर्ण संरक्षण क्षेत्रमा जाने पर्यटककालागि सहज हुने गरी यो सेवा सुरु गरेको आयोजना प्रमुख डा रविन कडरियाले जानकारी दिए । यस अघि अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रामा जाने पर्यटक र मुक्तिनाथ दर्शन गर्न जाने भारतीय पर्यटकले काठमाडौंको भृकुटीमण्डप काउन्टर, पोखराको फेवा ड्यामसाइड काउन्टर, लमजुङको सिमपानी र मुस्ताङको घाँसा काउन्टरबाट प्रवेश शुल्क तिरेर प्रवेशाज्ञा पत्र लिने गर्दर्थे ।
शुक्रबारदेखि अनलाइनबाट २४ सैं घण्टा सेवा लिन सक्ने गरी सञ्चालनमा आएको हो । अनलाइन सेवा सुरु सँगै सेवाग्राही प्रवेशाज्ञा लिन लाइनमा कुरेर बस्नु पर्ने झन्झट हटेको छ । पर्यटकले यो सेवा विदेशबाट वा नेपाल प्रवेश गरेपछि अनलाइनबाटै सहजै प्रवेशाज्ञा लिन सक्ने व्यवस्था गरिएको आयोजना प्रमुख डा कडरियाले बताए । विश्व पर्यटन दिवसको अवसरमा आयोजना प्रमुख डा रविन कडरियाले यो सेवाको शुक्रबार देखि सुरुवात गरेका हुन् । राष्ट्रिय प्रकृति संरक्षण कोषले मनास्लु, गौरीशंकर संरक्षण क्षेत्रमा जाने पर्यटककालागि पनि शुक्रबार देखि प्रवेशाज्ञा (पर्मिट) अनलाइनबाट लिन सकिने व्यवस्था गरेको छ ।
अन्नपूर्ण संरक्षण क्षेत्रको प्रवेश शुल्क सार्क मुलुकका देशमा पर्यटकलाई १ हजार र अन्य देशका पर्यटकलाई ३ हजार प्रवेश शुल्क लाग्दछ । अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्रा र मुक्तिनाथ दर्शन गर्न जाने पर्यटकको संख्या पछिल्लो समयमा बढेको छ । पछिल्लो समयमा पदयात्रामा जाने भन्दा पनि मुक्तिनाथ दर्शन गर्न जाने भारतीय पर्यटक बढेका छन् । अन्नपूर्ण संरक्षण क्षेत्रमा २०८०÷०८१ मा अहिले सम्मकै धेरै पर्यटक २ लाख २२ हजार १ सय ८० जना पुगेका थिए । यस अघि सन् २०१९ मा सबैभन्दा धेरै गएको संख्या १ लाख ८३ हजार पर्यटकले अन्नपूर्ण संरक्षण क्षेत्रको भ्रमण गरेको रेकर्ड २०८०÷०८१ म ब्रेक भएर सबैभन्दा धेरै पर्यटकले भ्रमण गरेका थिए । अन्नपूर्ण संरक्षण क्षेत्र पदयात्रा पर्यटनकालागि विश्वमै प्रख्यात छ ।
अन्नपूर्ण संरक्षण क्षेत्रमा पहिले पदयात्राकालागि युरोप, अमेरिकी पर्यटक ठूलो संख्यामा जाने गर्दर्थे पछिल्लो समयमा युरोप, अमेरिकन भन्दा सार्क मुलुकका त्यसमा पनि भारतीय पर्यटक मुक्तिनाथ दर्शन गर्न जाने बढेका हुन् । २०८०÷०८१ म अन्नपूर्ण संरक्षण क्षेत्रमा २ लाख २२ हजार १ सय ८० जनाले भ्रमण गरेका छन् । ती मध्ये सार्क मुलुकबाट १ लाख १७ हजार ८ सय ४५ र सार्क बाहेकका १ लाख ४ हजार २ सय ९६ जनाले भ्रमण गरे । २०८०÷२०८१ मा प्रवेश शुल्कबाट ३८ करोड ३६ लाख ८० हजार ४ सय ६६ रुपैयाँ आम्दानी भएको थियो ।
फोटो ग्राफी प्रतियोगितामा श्रेष्ठ प्रथम
विश्व पर्यटन दिवसको अवसरमा भएको फोटोग्राफी प्रतियोगितामा सिराहाका शुशिलकुमार श्रेष्ठ प्रथम भएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाको आयोजनामा भएको प्रतियोगितामा अन्नपूर्ण आधारशिविरको फोटाले प्रथम पुरस्कार पाएको हो ।

यसै गरी अन्नपूर्ण गाउँपालिकाका भगवान पौडेल दोस्रो र काठमाडौंका सूर्य थपलिया तेस्रो भएका छन् । पौडेलले खिचेको मर्दि हिमाल क्षेत्रको डाँफेको तस्बिर दोस्रो भएको छ ।

थपलियाले खिचेको निलगिरी हिमाल क्षेत्रमा क्रिकेट खेल्दै गरेको तस्बिरले तेस्रो पुरस्कृत पाएकाे हो । पुरस्कृत तीन तस्बिरले क्रमशः २० हजार, १५ हजार र १० हजार नगद र प्रमाण पत्र पाए । प्रतियोगिताकालागि अनलाइनबाट प्राप्त २०७ वटा फोटोहरू मध्येबाट निर्णायकहरुले उत्कृष्ट तीन तस्बिर छानेका थिए ।




यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …
गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत गण्डकी नदी बेसिनको जल मोडेल समायोजन विषयमा सरोकारवाला संग बुधबार पोखरामा साझेदारी गोष्ठी…