
माछापुच्छ्रे हिमाल यति बेला कालापथ्थर जस्तै कालाे देखिएकाे छ । लामाे समय पानी नपरेकाेले पुस महिनाकाे दाेस्राे साता सम्म पनि हिमाली क्षेत्रमा हिउँ परेकाे छैन् । हाेचाे हिमाल माछापुच्छ्रे यति बेला अरु हिमाल भन्दा कालाे चट्टान जस्तै देखिएकाे हाे । ग्लोबल वार्मिंङकाे कारण ( विश्वमा तापक्रम बड्दै जाँदा) हिमालमा हिउँ पग्लदै गएकाे बिभिन्न अध्यन अनुसन्धानका रिपाेटहरु सार्वजनिक हुँदै अाएका छन् ।
पाेखराबाट कालाे चट्टान जस्तै देखिएकाे माछापुच्छ्रे हिमाल नजिकै भएर उडान भर्दै गरेकाे सेताे गिद्ध । तस्बिर : कृष्णमणि बराल
पृथ्वीको औसत तापक्रम चिन्ताजनक तरिकाले बढिरहेको छ । यसकाे कारण मौसमी अवस्थामा उथलपुथल ल्याइदिन सक्छ। माछापुच्छ्रे हिमाल पाेखराबाट सबैभन्दा नजिककाे हिमाल मात्र हाेइन अरु हिमाल भन्दा हाेचाे हिमाल पनि हाे । यस हिमालकाे उचाइ ६,९९३ मिटर मात्र रहेकाे छ । निकै भिरालाे चट्टानले बनेकाे अाकर्षक माछाकाे पुच्छर जस्तै देखिने यस हिमालकाे सुन्दरताकाे बणन धेरै साहित्य सृजनामा गरिएकाे छ ।
उता मरेका जनावरकाे सिनाे खाएर वातावरण सफा गर्ने गिद्धहरु पनि संकटमा पर्दै गएका छन् । नेपालमा ९ प्रजातिका गिद्ध पाइन्छन् । त्याे मध्य सेताे गिद्ध एक प्रजाति हाे । विश्वमा २३ प्रजातिका गिद्ध पाइन्छन् । पृथ्वीकाे तापक्रम बढेर हिमालका हिउँ पग्लिए जस्तै सुद्ध अाहारा र बासस्ठान विनासका कारण गिद्ध पनि संकटमा छन् । सिनो खाएर मानिसमा रेविज, प्लेग, हैजा, आउँ, झाडापखला र पशुचौपायाहरुमा एन्थेक्स, ब्रुसेलोसिस र क्षयरोग जस्ता रोगहरुको संक्रमणले निम्त्याउन सक्ने महामारीबाट बचाउँ छ गिद्धले ।
पृथ्वीकाे तापक्रम बढ्दै जानुले पृथ्वीमा रहेका सबै जीव संकटमा पर्दैछन् । मानवका व्यवहारका कारण पृथ्वी छिटाे तात्दै गएकाे छ । यसरी मानव जिवनकालागि निकै उपयाेगी जीवहरु हराउँदै जानु काेराेना भन्दा जटील किसीमका समस्या अाउने बैज्ञानिक बताउँछन् । तै पनि शक्ति राष्टहरु यस बिषयमा नजरअन्दाज गरिरहेका छन् । पृथ्वी विनास हुन सक्ने बम, अणुबम बनाउने हाेडमै छन् । पृथ्वी र प्रकृति संरक्षणमा ढिलाइ भइरहेकाे छ ।




हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…