
पोखरा ५ पस्याङ्मा एकै ठाउँमा ११ वटा चित्रकूट नाम गरेका चरा मृत अवस्थामा भेटिएका छन्।
आइतबार ११ बजेस्थानीय कञ्चन थापा कोइरालाको घरको बरण्डामा चार वटा चित्रकूट नामका चरा आकाशबाट घाइते अवस्थामा खसेका थिए। ‘पानी खुवाएपछि एउटा भुर्र उडेर गयो’, उनले भनिन, ‘तीनवटा पानी खुवाउँदै गर्दा हातमै मरे।’
घर अगाडीको भुइँमा पनि आकाशबाट एक्कासी ९ वटा यही प्रजातीका चरा खसेको र पानी खुवाएपछि एउटा उडेको र अरु ८ वटालाई बचाउन नसकिएको उनले सुनाइन्।
एकै पटक यति धेरै संख्यामा चरा पहिलो पटक आफ्नै आँखा अगाडि मरेको देख्दा निकै दुःख लागेको थापाले बताइन्। यसरी चरा मरेपछि उनले फोटोसहित सामाजिकल संञ्जालमा चरा मरेको बारेमा लेखेकी थिइन्।
‘चरा ठोक्किएर घाइते हुने अवस्था पनि यहाँ छैन’, उनले भनिन, ‘अहिले पोखराको तापक्रम आकाशबाट चरा उड्दा उड्दै खस्ने अवस्थाको पनि छैन। कसरी चरा एक्कासी आकाशबाट खसे आश्र्यलागेको छ।’
पोखरा पंछी समाजका अध्यक्ष मनशान्त घिमिरेले यो प्रजातीका चरा अहिले माथिल्लो क्षेत्रबाट कम उचाइको क्षेत्र ३ सय ५० मिटरसम्म चुरेभावरतर्फ जाने समय भएकोले उड्ने क्रममा ठोकिएर घाइते हुन सक्ने सुनाए। तस्बिरमा देखिएका चरा अल्प वयस्क भएकोले पनि यी चराहरुले बाटो पहिल्याउन नसक्दा ठोक्किएर घाइते भएको हुन सक्ने उनले बताए।
यो प्रजातिका चरा ३ सय ५० देखि १४ सय ५० मिटर उचाईसम्म पाइन्छ। यो प्रजातीको चरा घर आगनको गाँडेनमा पाइने चरा नभएर वनमा पाइने जंगली प्रजातिको चरा हो।
पोखरा १८ मेथलामा पनि यो प्रजातीका चरा पाइने र यहाँ गुड पनि लगाउँने गरेको पाइएको समाजका अध्यक्ष घिमिरेले जानकारी दिए। चित्रकूट नामको चरा के कसरी मरेका हुन भन्ने एकिन गर्न मरेका चरा ल्याएर ल्याबमा स्याम्पल पठाइएको डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालले बताए। रिपोर्ट आएपछि के कसरी चरा मरेको हो भन्ने एकीन हुने पनि उनले सुनाए।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष नाग पञ्चमी मनाइन्छ । नागका बाह् नाम भए पनि आठ कूलका आठ पटा…
काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्को सभाहलमा बिहीवारदेखि चराहरूको फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघको आयोजनामा…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…