
पक्षीविज्ञ जेमी हिलले खिचेका े आधा पोथी र आधा भालेजस्तो देखिने चरा ।
अमेरिकाको पेन्सिल्भेनियामा एक पक्षीविद्ले आधा पोथी र आधा भालेजस्तो देखिने एउटा चराको तस्बिर खिचेका छन्। उनकी एकजना साथीले नोर्दन कार्डिनल भनिने उक्त चरा देखा परेको बताएपछि पक्षीविद्ले आफ्नो क्यामरामा उक्त चराको तस्बिर लिएका थिए। द्विलिङ्गी वा उभयलिङ्गी चराहरू दुर्लभ हुन्छन्।
भाले कार्डिनलहरू चम्किलो रातो रङ्गका हुन्छन् भने पोथीहरू फिक्का खैरो रङ्गका हुन्छन्। यी रङ्गको मिश्रणले चरा द्विलिङ्गी भएको सङ्केत गर्न सक्छ। अवकाशप्राप्त पक्षीविज्ञ जेमी हिलले भने, “यो जीवनकालमै एउटा र लाखौँ साक्षात्कारमध्येको एउटा थियो।”हिलका साथीले उनलाई उनले एउटा “अस्वाभाविक” चरा देखेको बताएकी थिइन्। सुरुमा हिलले उक्त चरा ‘लूसिस्टिक’ होला भन्ठानेका थिए।
चराले आफ्नो प्वाँखमा हुनुपर्ने रङ्ग अर्थात् पिग्मेन्टेशन गुमाएको अवस्थालाई ‘लूसिसिजम्’ अर्थात् ‘पाण्डु’ भनिन्छ। उनलाई सुरुमा उक्त चरा आधा भाले र आधा पोथी भएको जस्तो लागेको थिएन।तर मोबाइलमा तस्बिरहरू हेरेपछि उनले उक्त चरालाई ‘बाइल्याटरल गाइन्यान्ड्रोमर्फिजम’ भएको हुन सक्ने आशङ्का गरेका थिए।
बाइल्याटरल गाइन्यान्ड्रोमर्फिजम भएका चरामा काम गर्ने अवस्थाकै अण्डाशय र डिम्बाशय दुवै हुन्छन्। उनी उक्त कार्डिनल चरा देखिएको स्थानमा गए। एक घण्टाभित्र उनी उक्त अस्वाभाविक चराको तस्बिर लिन सफल भए। “घर पुगेर मसँग वास्तवमै केका तस्बिरहरू थिए भनेर नहेरुन्जेल फोटो खिचेको पाँच घण्टासम्म मेरो मुटु ढुकढुक गरिरह्यो,” उनले भने।
“मैले करिब दुई दशकदेखि लोपोन्मुख हात्तीदन्ते काठफोरा (एकखाले लाहाँचे चरा) खोजिरहेको थिएँ। तर हाम्रो घरपछाडि पाइने एउटा सामान्य चराको दुर्लभ अवस्थाको तस्बिर लिइरहँदा म काठफोरा भेटे बराबर नै उत्साहित छु।”
आधा भाले र आधा पोथीको रूप भएका चराहरू भेटिनु निकै दुर्लभ घटना भएको वेस्ट्रर्न इलनोई विश्वविद्यालयका प्राध्यापक ब्रायन पीयर बताउँछन्। उनले अमेरिकाका नोर्दन कार्डिनल चराहरूमा ‘बाइल्याटरल गाइन्यानन्ड्रोमर्फिजम’को सर्वेक्षण गरेका छन्।
समाचार बीबीसी नेपाली सेवाबाट लिइएकाे हाे ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …