संसारका अनौठा जीवहरू
नेचर न्युज
चैत्र ३० गते २०७७ मा प्रकाशित
- पृथ्वीमा यती धेरै कमिलाहरू छन् कि एक जना मानिसको भागमा १० लाख कमिलाहरू पर्छन् l
- एउटा चमेराले १ घण्टामा करिब १ हजारवटा किराहरू खान सक्छन् l
- लाटोकोसेरोले एकै दिशामा २७० डिग्री सम्म टाउको घुमाउन सक्छन् जबकि मानिसले मात्र ९० डिग्रीसम्म l
- कुकुरको सुँघ्ने शक्ति मानिस भन्दा १ लाख गुना बढी हुन्छ l
- लाटोकोसेरोको समूहलाई संसद् भनिन्छ l
- स्तनधारी जीवहरूमा चमेरा मात्रै उड्न सक्छन् l
- गाईहरू उभिएर सुत्न सक्छन् तर सपना भने भुईँमा सुतेको बेला मात्रै देख्छन् l
- संसारभर ५ प्रजातिका गैँडाहरू अभिलेख गरिएका छन् l
- यदि मानिस हिडेंको छैन भने गैँडाले ३० मिटर पर समेत ठम्याउन सक्दैन l
- दोस्रो विश्वयुद्धको बेलामा अमेरिकनहरूले चमेरा मार्फत बम खसाल्ने तालिम दिने प्रयास गरेका थिए तर सफल भएनन् l
- कमिलाहरू कहिले पनि सुत्दैनन् र तिनको फोक्सो पनि हुँदैन l
- फट्याङ्ग्राहरू आफ्नो शरीरको लम्बाइको तुलनामा २० गुणा माथि सम्म उफ्रन सक्छन्l
- हात्तीहरू जमिनमा पाइने सबैभन्दा ठुला स्तनधारी वन्यजन्तु हुन् l
- मानिसले सबैभन्दा पहिला ब्वाँसोलाई पाल्न थालेक हुन् l अहिलेको कुकुरहरू तिनकै परिवर्तित रूप हो l
- कुनै-कुनै शङ्खे किराहरू एकै पटकमा ३ वर्ष सम्म सुत्न सक्छन् l