
जोमसोम । मनाङ र मुस्ताङमा हिउँ चितुवाकाे आक्रमणबाट ५७ वटा भेडा र च्यांग्रा मरेका छन् । हिउँ चितुवाकाे आक्रमणबाट वैशाख ८ गते मनाङमा ४५ वटा र मुस्ताङमा वैशाख १९ गते १२ वटा च्यांग्रा मारेकाे इलाका संरक्षण कार्यालय जोमसोमका प्रमुख ऋषि बरालले जानकारी दिए ।
मुस्ताङकाे तेताङ गाउँका किसान नसाक्या गुरुङले पालेकाे खोरमा हिउँ चितुवा पसेर १२ च्यांग्रा मारेको हाे। ११ वयस्क भाले र एउटा वयस्क पोथी गरी १२ च्यांग्रा मारेको स्थानीय किसानले बताएका छन्। पाठापाठी छुट्टै खाेरमा राखिएकाेले हिउँ चितुवाकाे आक्रमणबाट बचेका छन् । माउ नै चितुवा आक्रमणबाट मरेपछि पाठापाठी कसरी हुर्काउने पिरलाे किसानमा थपिएकाे छ ।
यसैगरी, वैशाख पहिलाे साता मनाङकाे नार्पा भूमि गाउँपालिकाका छिरिङ लामाकाे गाेठमा चितुवाकाे आक्रमणबाट ४५ वटा भेडा र च्यांग्रा मरेका थिए । हिउँ चितुवाकाे आक्रमणबाट भेडा र च्यांग्रा मात्र नभएर घाेडा, याकसमेत मर्ने गरेकाे स्थानीय किसानले बताएका छन्।
हिउँ चितुवा खाेरमा पसेपछि सुरुमा एउटालाई मात्र आक्रमण गरेर बाहिर निस्कन खाेज्छ । यसरी निस्कन लाग्दा खाेरभित्र अरु च्यांग्रा पनि अतालिएर भागदाैड गर्न थाल्छन् । यस्ताे अवस्थामा अरु भेडा र च्यांग्रा पनि हिउँ चितुवाकाे आक्रमणमा पर्ने र धेरै क्षति हुने गरेकाे हिउँ चितुवामा विद्याविरिधि गदैै गरेका अशाेक सुवेदीले जानकारी दिए ।



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…