
सानोमा यसको पछिल्लो भागमा मसिनो धागो बाँधेर छोड्दा आनन्द लाग्थ्यो। यसलाई हेलिकप्टर भन्यो अनि पछि पछि दगुर्यो। तर आजभोलि गाइने किराहरु देख्न पनि गाह्रो भैसक्यो। यसलाई नचिन्ने मानिसहरु सायदै होलान्। यिनको लामो शरीर, पारदर्शी पंखेटाहरु तथा ठूलाठूला आँखाहरु हुन्छन्। यिनीहरु किरा हुन्। यसलाई खेतारी,पानी टिपुवा, टुकली, फिरफिरे, झ्यालिन्चा आदि नामले समेत चिनिन्छ। टाउको ठूलो भएको कारणले कसै-कसैल घन टाउके किरा समेत भन्दछन्। यिनीहरु तातो मौसममा तथा पानी आसपासको क्षेत्रमा बस्न रुचाउने गर्दछन्। यिनीहरुले मानिसलाई कुनै नोक्सानी गर्दैनन्। आउनुस् यसका केही रोचक जानकारीहरु पढौ।

• यिनको छ वटा खुट्टाहरु भए पनि राम्ररी हिँड्न सक्दैनन् तर उड्न सिपालु हुन्छन्। उड्दाउड्दै आफ्नो आहारा कति टाढा छ , कुन दिशामा छ र कुन गतिमा उडिरहेको छ भनेर अनुमान गर्न सक्छन्।
• यिनीहरु हावामा एकै ठाउँमा पंखेटा हल्लाएर बस्न सक्छन्। यिनीहरु अगाडि फर्किएर पछाडि पनि उड्न सक्छन्। यिनीहरु ६ प्रकारले उड्न सक्छन्। कुनै कुनै गाइने किराहरु ९७ किलोमिटर प्रति घन्टाका दरले समेत उड्न सक्छन्। यिनका चारवटा पखेटाहरु एकै पटक वा फरक फरक हिसाबले प्रयोगमा आइरहन्छन्।
• ठूलो आँखाभित्र हजारौं सा-साना आँखाहरु (करिब ३००००) हुन्छन्। त्यसैले यिनीहरुले चारैतिर देख्न सक्छन् तर प्रष्ट भने देख्दैनन्।
• यिनीहरु मांसाहारी किरा हुन्। साना किराहरु, मौरी, माखा, लामखुट्टे खान्छन् र कहिलेकाँही पुतली पनि। एकदिनमा कम्तिमा ३० वटा लामखुट्टे खाने गर्दछन्। उडिरहंदा नै आहारालाई समातेर खान पनि सक्छन्। ठूला गाइने किराले साना गाइने किराहरूलाई समेत खाने गर्दछन्। आफनो आहारलाई देखि सकेपछि ९५% अवस्थामा मारिदिन्छन्। तर यिनलाई भने छेपारो, चरा, भ्यागुता, माछाले आहारा बनाई दिन्छन्।
• फूलबाट लार्वा बनेपछि पानीमा करिब ६ महिना देखि १ वर्षसम्म रहन्छन्। उड्न थालेपछि १-२ महिना जतिमा जीवनचक्र समाप्त हुन्छ।
• हाल पाइने गाइने किराको पंखेटाको चौडाई (एक पखेटाको टुप्पादेखि अर्को पखेटाको टुप्पासम्मको दूरी) ५ -१३ सेमीसम्म हुने गर्छ। जबकि पहिला भेटिएकाको (अवशेष) पखेटा ७५ सेमि चौडासम्म थिए। यिनीहरुको उपस्थिति पृथ्वीमा ३२६ मिलियन वर्ष (१ मिलियन वर्ष = १० लाख वर्ष) अगाडि भेटिएको थियो।

• इन्डोनेसियामा मानिसहरुले यसलाई खाने गर्दछन्। एशिया मुलुकमा टाउकोमा आएर बस्यो भने राम्रो हुने विश्वास गरिन्छ। जापान र चीनमा परम्परागत औसधिमा समेत यसको प्रयोग गरिन्छ।
• संसारभर ५९०० प्रजातिका गाइने किराहरु भएको अनुमान गरिएको छ। यिनीहरु संसारकै उड्न सक्ने ठूला किराहरुमा पर्दछन्।
• बेलायतको वेल्समा मरेका सर्पहरुलाई छोइदियो भने सर्प बाँच्ने किम्वदन्ती भएकोले यसलाई ‘सर्पको डाक्टर’ समेत भनिन्छ। मानिसहरु कतिसम्म विश्वास गर्छन् भने घाइते सर्पको घाउ यिनले सिलाएर सन्चो बनाई दिन्छन्।
• शारीरिक सम्पर्कको बेला भालेले हैरान पार्छन्। घाँटीमा समाएर बलात्कार नै गर्छन्। यही हैरानीबाट बच्न पोथीले मरेझैं नाटक समेत गर्दछन्। यसका लागि आकास बाट खसेझैँ गर्ने र भुइँमा नचली बस्ने गर्दछन्। कुनै कुनै भालेले भने शारीरिक सम्पर्क भइसके पछि अन्य भालेले सम्पर्क नगरोस् भनेर सुरक्षा गार्डको रुपमा सहयोग गर्दछन्।
(यो ब्लग माईसंसारबाट साभार गरिएको हो)




हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…