
प्राकृतिक वातारणमा अन्य जीव भन्दा फरक तरिकाले जीवन जिउने चमेराको बारेमा अध्ययन अनुसन्धान भएका छन् । अहिलेसम्मको अनुसन्धानले चमेराहरूले उड्नको लागि आफ्नो ध्वनि/आवाज प्रयोग गर्ने कुरा प्रमाणित गरेको छ l जब चमेरा उड्ने बेला निकाल्ने आवाजहरू कुनै वस्तुमा ठोकिएर फर्कन्छन् तब चमेराले त्यो प्रतिध्वनिको आधारमा कस्तो वस्तु हो र कति टाढा छन् भन्ने निर्क्योल गर्छन् l यही प्रक्रियालाई प्रयोग गर्दै उनीहरू उड्ने गर्दछन् l वैज्ञानिकहरू के कुरा जान्न चाहन्थे भने चमेरा हुर्कदैं जाँदा त्यो क्षमता बढाउँदै जान्छन् या जन्मसिद्ध प्राप्त गरेका हुन्छन् l
यसै बिच इजरायलको टेल–अविव विश्वविद्यालयका वैज्ञानिकले रातमा सक्रिय हुने स्तनधारी प्राणी चमेरोबारे गरेको नयाँ अनुसन्धानले एक महत्त्वपूर्ण तथ्य फेला पारेको छ। प्राध्यापक योसी योवेलको नेतृत्वमा गरिएको सो अध्ययनले चमेरोले जन्मैदेखि ध्वनिको गति जान्दछ भन्ने पत्ता लाग्यो l
यसलाई प्रमाणित गर्न अनुन्धानकर्ताहरुले बच्चा चमेरो र माउ चमेरोलाई जन्मदेखि नै हिलियम समृद्ध वातावरणमा राखे र तिनको ध्वनिसँगको सम्बन्ध अध्ययन गरे l यस्तो वातावरणमा आवाजको गति सामान्य भन्दा बढी हुन्छ। उनीहरूले के पनि पत्ता लगाए भने चमेराहरू प्रतिध्वनिको आधारमा दुरी पत्ता लगाई मात्र उड्दैनन् l उनीहरू प्रतिध्वनि आउन लाग्ने समयलाई मुख्य रूपमा विश्लेषण गर्छन् र उड्छन् l
प्राध्यापक योसी योवेलले भने ‘विज्ञानलाई आधारभूत जानकारी भए पनि दिन पाउँदा खुसी लागेको छ’l
(यो समाचारमा राखिएको बिषयबस्तु र चमेराको फोटो बीच कुनै सम्बन्ध नरहेको जानकारी गराउन चाहन्छौं )



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…