
प्राकृतिक वातारणमा अन्य जीव भन्दा फरक तरिकाले जीवन जिउने चमेराको बारेमा अध्ययन अनुसन्धान भएका छन् । अहिलेसम्मको अनुसन्धानले चमेराहरूले उड्नको लागि आफ्नो ध्वनि/आवाज प्रयोग गर्ने कुरा प्रमाणित गरेको छ l जब चमेरा उड्ने बेला निकाल्ने आवाजहरू कुनै वस्तुमा ठोकिएर फर्कन्छन् तब चमेराले त्यो प्रतिध्वनिको आधारमा कस्तो वस्तु हो र कति टाढा छन् भन्ने निर्क्योल गर्छन् l यही प्रक्रियालाई प्रयोग गर्दै उनीहरू उड्ने गर्दछन् l वैज्ञानिकहरू के कुरा जान्न चाहन्थे भने चमेरा हुर्कदैं जाँदा त्यो क्षमता बढाउँदै जान्छन् या जन्मसिद्ध प्राप्त गरेका हुन्छन् l
यसै बिच इजरायलको टेल–अविव विश्वविद्यालयका वैज्ञानिकले रातमा सक्रिय हुने स्तनधारी प्राणी चमेरोबारे गरेको नयाँ अनुसन्धानले एक महत्त्वपूर्ण तथ्य फेला पारेको छ। प्राध्यापक योसी योवेलको नेतृत्वमा गरिएको सो अध्ययनले चमेरोले जन्मैदेखि ध्वनिको गति जान्दछ भन्ने पत्ता लाग्यो l
यसलाई प्रमाणित गर्न अनुन्धानकर्ताहरुले बच्चा चमेरो र माउ चमेरोलाई जन्मदेखि नै हिलियम समृद्ध वातावरणमा राखे र तिनको ध्वनिसँगको सम्बन्ध अध्ययन गरे l यस्तो वातावरणमा आवाजको गति सामान्य भन्दा बढी हुन्छ। उनीहरूले के पनि पत्ता लगाए भने चमेराहरू प्रतिध्वनिको आधारमा दुरी पत्ता लगाई मात्र उड्दैनन् l उनीहरू प्रतिध्वनि आउन लाग्ने समयलाई मुख्य रूपमा विश्लेषण गर्छन् र उड्छन् l
प्राध्यापक योसी योवेलले भने ‘विज्ञानलाई आधारभूत जानकारी भए पनि दिन पाउँदा खुसी लागेको छ’l
(यो समाचारमा राखिएको बिषयबस्तु र चमेराको फोटो बीच कुनै सम्बन्ध नरहेको जानकारी गराउन चाहन्छौं )



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …
गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत गण्डकी नदी बेसिनको जल मोडेल समायोजन विषयमा सरोकारवाला संग बुधबार पोखरामा साझेदारी गोष्ठी…