अरब सागरमा शक्तिशाली चक्रवात, हिमाल आरोहण प्रभावित


     नेचर न्युज    
     जेठ ४ गते २०७८ मा प्रकाशित


पूर्वीमध्य अरब सागरमा शक्तिशाली चक्रवात टाउटेको चल्दा नेपालका हिमाल आरोहण प्रभावित भएको छ । चक्रवातको कारण मौसम बिग्रदा सगरमाथा हिमालसहित विभिन्न हिमालको आरोहण प्रभावित भएको हो ।

अरब सागरमा गएकाे चक्रवातका कारण मौषम बिग्रिएपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डउन मन्त्रालय, पर्यटन विभागले हिमाल आरोहीलाई सजकता अपनाउँदे सुरक्षित रहन आग्रह गरेको हाे । विभागका निर्देशक मीरा आचार्यले हिमाल आरोहणमा रहेका हिमाल आरोहीलाई सजग गराउन र सुरक्षित राख्न एक्सिपिडिशन एजेन्सीलाई अनुरोध गरेकी छन् । वैशाख २४ गते देखि सगरमाथाको आरोहण शुरु भएको थियो । अहिलेसम्म झन्डै १५० जनाजतिले सगरमाथा आरोहण गरिसकेको अनुमान छ।

दुई सयभन्दा बढी आरोहीहरू बुधबार र बिहीबार सर्वोच्च शिखर पुग्ने लक्ष्यसहित आधारशिविरबाट उकालो लागेका थिए। तर समुद्री आँधीका कारण मौसममा परिवर्तन भएपछि उनीहरूले अर्को अनुकूल समयको प्रतीक्षा गर्नुपर्ने भएको छ।

चक्रवातको असर नेपालमा अप्रत्यक्ष देखिएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले विज्ञप्ति निकालेर यस अवधिमा उच्च हिमाली भूभागमा पर्वतारोहण नगर्न नगराउन अनुरोध गर्दै चक्रवातलाई निरन्तर अनुगमन गरिएको बताएको छ । चक्रवात हाल उत्तर उत्तरपश्चिमतिर बढ्ने क्रममा रहेको महाशाले जनाएको छ ।