
मौन शान्त दृश्यको साथमा चम्किरहेका तारा
जुनेली रातको मधुरतामा मुस्कुराउने उनको पारा
न त केही बोल्छिन् उनी, न गुनासो गर्छिन् कतै
कति सुशील,कति ज्ञानी, आहा ! कस्तो राम्री रारा ।।
छायाँनाथ धामको झल्को मेटिएझैँ हुन्छ
उन्लाई भेट्दा स्वर्ग पनि भेटिएझैँ हुन्छ
अप्सराले परिचित छिन् परी भन्छन् सारा
कति सुशील,कति ज्ञानी, आहा! कस्तो राम्री रारा ।।
(सरोज खड्का रारा राष्ट्रिय निकुञ्जमा रेन्जर पदमा कार्यरत हुनुहुन्छ l वहाँ वन्यजन्तुको संरक्षण र फोटोग्राफीमा रुची राख्नु हुन्छ)




यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …
गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत गण्डकी नदी बेसिनको जल मोडेल समायोजन विषयमा सरोकारवाला संग बुधबार पोखरामा साझेदारी गोष्ठी…