
रेष्टुरेण्ट एण्ड वार एशोसियसन (रेवान) पोखराले रेष्टुरेण्ट मजदुरहरुलाई राहत सामाग्री वितरण गरेकाे छ। रेवान पोखरामा आवद्ध रेष्टुरेण्टमा कार्यरत १०० मजदुरहरुलाई शनिबार प्रति व्यक्ति २५ किलो चामल, दाल, नुन, मसला लगायत खाद्य सामाग्री उपलब्ध गराएको रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले बताए ।
देशका बिभिन्न जिल्लाबाट पोखरा आएर यहाँका रेष्टुरेण्टमा कार्यरत मजदुरलाई रेवान पाेखराले राहत सामाग्री वितरण गरेको हाे । पर्यटन उद्योग कोरोना महामारीका कारण सबैभन्दा बढी प्रभावित उद्योग हो । कोरोना संक्रमण रोक्न पहिलो लकडाउन हटेपछि र कोरोना संक्रमण कम हुँदे गएपछि आन्तरिक पर्यटक आउन थालेका थिए । पर्यटन व्यवसायमा केही आशा जाग्दै गर्दा दोस्रो लहरको कोरोना संक्रमण देखिएपछि पर्यटन उद्योग थप संकटमा परेको छ । कोरोना संकट संग सबै मिलेरै जुद्धनुको विकल्प नरहेको रेवान पोखरा सचिव विकास भट्टराईले बताए ।
पोखरा ६ का वडा अध्यक्ष जगतबहादुर पहारी, वडा सदस्य हरिकृष्ण पहारी, विष्णुबहादुर भट्टराई, पोखरा पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराई, रेवान पोखराका पूर्व अध्यक्षहरु भिमसेन भुजेल, चौबहादुर गुरुङ, बलराम पहारी लगायतको उपस्थितीमा राहत वितरण गरिएको हाे ।रेवान पोखरामा रेष्टुरेण्ट र वार गरेर एक सय रेष्टुरेण्ट आवद्ध छन् ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…