
पोखरा : असार महिनाको पहिलो दिनमै देशभर हिमाल, पहाड देखि तराईसम्म वर्षाले वितण्डा मच्चाएको छ। भारी वर्षाको कारण हिमाल, पहाड र तराईका खोला, नदी किनारका घर जोखिममा परेका छन्। पहाडी क्षेत्रमा नदी, खोलामा आएको बाढी र पहिरोले स्थानीय विस्थापित भएका छन्।
रेनस्याडो जोन रूपमा परिचित हिमालपारिको जिल्ला मनाङ, मुस्ताङमा पनि यस वर्ष असारको पहिलो दिनमै ठुलो वर्षाको कारण वितण्डा मच्चाएको छ। हिमालपारिको जिल्ला निकै कम पानी पर्ने जिल्लाको रूपमा परिचित जिल्ला हुन्।
लगातारको भारी वर्षाले हिमाली जिल्ला मनाङका विभिन्न स्थानका नागरिक घरै छाडेर सुरक्षित स्थान तर्फ जान बाध्य भएका छन्। सरकारी संरचना र विधुत गृह, टेलिफोन टावरमा नोक्सान पुर्याएको छ। सडक सञ्जाल अवरुद्ध हुँदा आउजाउमा पनि मुस्किल भएको छ। मनाङको नासो गाउँपालिका १ को ताल गाउँ बढी जोखिममा परेको छ । ताल गाउँमा ६० घर छन्। सबै घरमा मर्स्याङ्दी नदीको बाढी पसेको छ। चामेका ६ घर बगाएको छ। चामे बजार क्षेत्रका खट्टे खोला र च्यट्टु खोलामा आएको बाढीले ६ घरमा क्षति पुगेको मनाङ प्रहरीले बताएको छ। चामेको मिनिहाईड्रोको पाइप बगाएको छ। चामेको हुलाक कार्यालय पनि बाढीले बगाएको छ।
यसै गरी अर्को हिमालपारिको जिल्ला मुस्ताङमा बाढीका कारण १५ घर उच्च जोखिममा परेका छन्। वारागाउ मुक्ति क्षेत्र गाउँपालिकाको लुप्रा खोलामा सोमबार दिउँसो लेदोसहितको बाढी आउँदा १५ घर जोखिममा परेका छन्। कास्कीको लुम्ले र म्याग्दीको घोरेपानी क्षेत्रमा भारी वर्षा भएको छ। भारी वर्षा भएपछि खतराको सङ्केत स्वरूप साइरन बजाइएको छ।
नेपालमा जेठ २८ गते मनसुन पूर्वबाट प्रवेश गरेको हो। जेठ ३० गते नेपाल भरी मनसुन सक्रिय भएको जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख राजाराम प्रसाद ढकालले जानकारी दिए। पोखरामा आज बिहान पौने ९ बजे सम्मको २४ घण्टामा ९३.६ मिलिमिटर पानी परेको ढकालले बताए। नेपालकै धेरै पानी पर्ने अन्नपूर्ण गाउँपालिका लुम्लेमा गत २४ घण्टामा १६०.३ मिलिमिटर पानी परेको जल तथा मौसम विज्ञान कार्यालय पोखराका प्रमुख ढकालले जानकारी दिए।
कास्कीको लुम्ले, चितवनको चरछरे, म्याग्दीको घोरे पानी र नवलपरासीको अरुण खोला स्टेसनमा भारी वर्षा मापन भएकोले खतराको सङ्केत स्वरूप साइरन बजाइएको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ।
अविरल वर्षाका कारण पर्वत, स्याङ्जा र गुल्मीको सिमानामा पर्ने पर्वतको विहादी गाउँपालिका ६ सेती वेणी रहेको विश्वकै ठुलो शालिग्राम शिला र स्याङ्जातर्फको बजार डुबानमा परेको छ। डुबानका कारण १० घर परिवार विस्थापित भएका छन्।
लगातारको वर्षाको कारण नारायणी नदीमा पानीको सतहले चेतावनीको तह पार भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले नारायणीमा पानीको सतह अझै बढ्न सक्ने हुँदा सचेत रहन आग्रह गरेको छ। नारायणीमा पानीको सतह बढ्दा त्यसले पश्चिम चितवन क्षेत्रमा कटान र डुबान हुने खतरा बढेको छ।
महाशाखाले असार ३ गतेसम्म काली गण्डकी, तिनाउ, पश्चिम राप्ती, बबई, भेरी र यसका सहायक नदी लगायत लुम्बिनी, कर्णाली, सुदूरपश्चिम प्रदेशको चुरे, तराई भई बहने केही साना नदी नजिकको क्षेत्रमा पनि विशेष सावधानी अपनाउन आग्रह गरेको छ।



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…