
२० लाखदेखि ३ करोडसम्म रहेका किराहरु सबैभन्दा बढी पाइने जिवहरुमा पर्दछl यिनको पनि संरक्षण गर्नुपर्छ भन्यो भने मानिसहरु अचम्भित हुन्छन् l किनभने मानिसहरु किरा-फट्याङ्ग्रा मार्नुलाई सामान्य मान्छन्l तर तिनीहरूलाई मार्नुअघि हामीले सोच्न आवश्यक छ किनभने तिनीहरूको सङ्ख्या विश्वभर नै नराम्ररी घट्ने क्रममा छ।
हाम्रो पर्यावरणको संरक्षण गर्नका लागि र खानेकुरा उत्पादन गर्न किरा-फट्याङ्ग्राको महत्त्वपूर्ण भूमिका हुन्छ।‘हामीले संसारबाट किरा-फट्याङ्ग्रालाई हटायौँ भने हामी पनि मर्छौँ,’ लण्डनको न्याचुरल हिस्ट्री म्यूजियमका वरिष्ठ क्यूरेटर इरिका मक्यालिस्टरले बीबीसीलाई बताएकि छिन्l
किरा-फट्याङ्ग्राले जैविक संरचनालाई भत्काउँछन् जसका कारण सड्ने प्रक्रियाले गति पाउँछ। यसले माटोलाई पुनःपूर्ति गर्न मद्दत गर्छ।
‘यदि किरा-फट्याङ्ग्रा नहुने हो भने त्यो एकदमै अप्रिय हुन्छ। किराहरू बिना हामी फोहोर वस्तुमा पौडिरहेका हुन्थ्यौँ वा मरेका जनावर जताततै भएको ठाउँमा हुन्थ्यौँ,’ मक्यालिस्टरले भनिन्। उनले थपिन ‘उनीहरू चरा, चमेरा र साना स्तनधारीका आहारा पनि हुन्’l
किराहरूले परागसेचन मार्फत दिने सित्तैको सेवाले मानव जातिलाई ३५० अर्ब डलर बराबरको फाइदा पुर्याउने एक अध्ययनले देखाएको छ।
जैविक रुपमा खेर गएका वस्तुलाई सडाउन मद्दत गरेर किराले पृथ्वीलाई सफा राख्न सघाउ पुर्याउँछl ‘जनावर, चरा वा माछाको करिब ६० प्रतिशत खाना किराहरूमै निर्भर हुन्छन्। त्यसैले किराहरू नभए चरा, चमेरा, भ्यागुता र माछा पनि हराउँछन्,’l
युनिभर्सिटी अफ सिड्नीका फ्रान्सिस्को सान्चेथ बायोले भन्छन्। ‘पोषक तत्वको पुनरावृत्ति हुने काम धेरै हदसम्म जमिनमुनि रहेका लाखौँ किराको गतिविधिमा भर पर्छ’l उनले थपिन “खेत वरपर रुखहरू रोपेर वा किरालाई झाडी उपलब्ध गराएर, खतरनाक विषादीहरूलाई बजारबाट हटाएर र जलवायु परिवर्तनमा असर पुर्याउने कार्बन उत्सर्जन घटाउने नीतिहरू अपनाएर कीरा संरक्षण गर्न सकिन्छ’l





यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …