
नेपाल र भारतका बालबालिकाले संसार बचाउन पर्यावरण बचाउनुपर्ने र वन्यजन्तु र वनस्पति संरक्षण गर्ने दायित्व आफूहरूको रहेको बताएका छन् । हाम्रा भङेरा र पर्यावरण योद्धा, पटना, विहार, भारतले ‘जङ्गल–पशु–पक्षीः बालबालिकाका आँखामा’ विषयमा आयोजना गरेको अनलाइन परिचर्चामा तिनले पर्यावरण संरक्षणका दिशाा जागरूकतामा जोड दिँदै यस कार्यका लागि लिए देशविदेशका धेरै बालबालिका अघि बढिरहेको र वृक्षरोपण अभियान चलाइरहेको बताए ।
आइतबार भएको परिचर्चामा मोरङ बूढीगङ्गाका बाल पर्यावरण योद्धा डेनिस रिजालले मानव जीवनमा बोटबिरुवा, पक्षी र जनावरका अहम भूमिका रहने भएकाले सबै मिलेर यिनलाई बचाउन आग्रह गरे । “पूरा विश्वमा विकासका नाममा रुखबिरुवा काटिँदै छ, यसको विकल्पमा अर्काे बाटो खोज्नुपर्छ”, एघार वर्षीय रिजालले भन्नुभयो, पृथ्वी र प्रकृतिलाई सुन्दर बनाउन तथा जैविक विविधताका लागि सबैको संरक्षण आवश्यक छ ।” झारखण्डका अमीषा महतोले आफ्नो गाउँमा कोइला निकाल्नका लागि जङ्गल काटिँदा गर्मी बढेको अनुभव सुनाउँदै पृथ्वी र पर्यावरण बचाउनका लागि ज्यादाभन्दा ज्यादा बिरुवा लगाउन आह्वान गरे ।
दिल्लीका एकांश डंगवाल र दिव्यांश डंगवालले पर्यावरणमा हरेक जीवको विशेष महत्व रहेको जनाउँदै पक्षीहरूलाई दाना–पानी दिएर संरक्षण गर्नुपर्ने बताए । पर्यावरणप्रेमी–चिन्तक पिआइबी, पटनाका निर्देशक दिनेश कुमारले रुखका हरेक पात हाम्रा फोक्सो र प्रकृति बैंक भएको बताउँदै संरक्षणका लागि बालबालिकालाई अघि बढ्न आग्रह गरे । पीपल नीम तुलसी अभियानका संस्थापक डा धर्मेन्द्र कुमारले खासगरी बालबालिकालाई पर्यावरण संरक्षणमा जोड्न आवश्यक रहेको बताए ।
परिचर्चाका आयोजक भङेरा संरक्षक तथा लेखक सञ्जय कुमारले लगातार जंगल कम भइरहेको र वन जथाभावी उजाडिँदा कतिपय वन्य जीवजन्तु विलुप्त भइसकेको र केही लोपोन्मुख भएकामा चिन्ता व्यक्त गरेका थिए । पर्यावरण योद्धा, पटनाका अध्यक्ष निशान्तरञ्जनले ठुल्ठुला जङ्गल अहिले विशाल अपार्टमेण्टमा परिणत भई पर्यावरणको तीव्र गतिबाट भइरहेको ह्रासले मानव अस्तित्व नै खतरामा परेको औँल्याउँदै यसको संरक्षणमा युवाको भूमिकामा जोड दिए । रासस



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…