
सेती नदीमा अवैध रूपमा नदीजन्य पदार्थ उत्खनन गर्ने ५५ वटा सवारी साधन कारबाहीमा परेका छन् । पोखरा १९ पुरनचौर स्थित ढोडेनीघाट स्थित सेती नदीमा अवैध रूपमा नदीजन्य पदार्थ गिट्टी, बालुवा उत्खनन गरिरहेका २२ टिप्पर, १७ वटा मिनी टिप्पर र १६ वटा ट्याक्टर गरी ५५ वटा ढुवानी गर्ने सवारी साधनलाई जिल्ला प्रहरी कार्यालय कास्कीले नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएका सवारी साधन आवश्यक कारबाहीकालागि पोखरा महानगरपालिकामा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता सुवास हमालले जानकारी दिए। असार, साउन र भदौ मसान्तसम्म नदीजन्य पदार्थ निकासी पैठारी गर्नु अवैध हो। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार नदीजन्य पदार्थ उत्खननको जिम्मा पाएका स्थानीय तहले बेवास्ता गर्दा यो समस्या देखिएको हो ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …