
गुँडमा बचेरा छन् ,चरा चाराको खोजीमा
धरती जलेको छ, मान्छे ताराको खोजीमा
साँझपख अस्ताउनु अघि उदास छ घाम
फेरि उदाउनलाई अर्को सहाराको खोजीमा
जङ्गल पीठमा बोकेर बसेको यहाँ पहाड
तिर्खाले तप्त छ कुनै छहराको खोजीमा
वर्षौं देखि उभिएको उभियै छ यहाँ रुख
आफूसँग बेरिन आउने लहराको खोजीमा
बाँच्न सकिएन मान्छेको दुष्टताले गर्दा यहाँ
आकाश छ आत्महत्या गर्न पहराको खोजीमा



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …
गण्डकी जलाधार जलवायु उत्थानशील आयोजना अन्तर्गत गण्डकी नदी बेसिनको जल मोडेल समायोजन विषयमा सरोकारवाला संग बुधबार पोखरामा साझेदारी गोष्ठी…