
लाटोकोसेरोको अनुसन्धान र संरक्षणको लागि ‘रुफर्ड स्मल ग्रान्ट’बाट पाइने सबै ५ वटा अनुदान पाउने राजु आचार्य पहिलो नेपाली बनेका छन्l हाल सम्म १ सय ५० वटा राष्ट्रबाट सबै परियोजना पाउने उनीसमेत जम्मा ३७ जना अनुसन्धानकर्मी/संरक्षणकर्मी मात्र छन् l सन् २०१३ मा उनले पहिलोपटक ५ हजार पाउन्डको पहिलो अनुदान पाए l सो रकम लाटोकोसेरो अनुसन्धान र संरक्षणमा खर्चिएका उनले क्रमशः सन् २०१५, २०१६, २०१७ र २०२१ मा अन्तिम अनुदान पाएका हुन् lअहिलेसम्म नेपालमा करिब ३ सय ८२ परियोजनाहरूमा सहयोग गरेको ‘रुफर्ड स्मल ग्रान्ट’को यसपालिको अन्तिम अनुदान नेपाली रुपयाँ करिब २५ लाखको हुने गर्छ l संसारभरि हालसम्म ५ हजार ४ सय ६६ परियोजनाहरूलाई सहयोग गरेको रुफर्डले ६ हजारदेखि १५ हजार पाउन्डसम्म दिने गर्छ l
प्रकृतिका साथीहरू संस्थासँग आबद्ध भएर गण्डकी प्रदेशमा सो रकम खर्चिने छन् l सो रकमबाट संरक्षण चेतना शिविर, संरक्षण सामग्री, गोष्ठी, पुस्तक लेखन र एप्लिकेसन निर्माणमा खर्च हुने छ l आचार्यको परियोजना समूहमा यादव घिमिरे, सोम जिसी र समुन्द्र घिमिरे छन् ।
३ दशक लामो समयसम्म वन्यजन्तुको अनुसन्धान र संरक्षणमा लागेका पोखराका राजु आचार्य विगत १३ वर्षदेखि लाटोकोसेरोको संरक्षणमा अनवरत लागेका छन् l उनी इनेचर न्युज अनलाइनका सम्पादक समेत हुन् l



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…