
लाटोकोसेरोको अनुसन्धान र संरक्षणको लागि ‘रुफर्ड स्मल ग्रान्ट’बाट पाइने सबै ५ वटा अनुदान पाउने राजु आचार्य पहिलो नेपाली बनेका छन्l हाल सम्म १ सय ५० वटा राष्ट्रबाट सबै परियोजना पाउने उनीसमेत जम्मा ३७ जना अनुसन्धानकर्मी/संरक्षणकर्मी मात्र छन् l सन् २०१३ मा उनले पहिलोपटक ५ हजार पाउन्डको पहिलो अनुदान पाए l सो रकम लाटोकोसेरो अनुसन्धान र संरक्षणमा खर्चिएका उनले क्रमशः सन् २०१५, २०१६, २०१७ र २०२१ मा अन्तिम अनुदान पाएका हुन् lअहिलेसम्म नेपालमा करिब ३ सय ८२ परियोजनाहरूमा सहयोग गरेको ‘रुफर्ड स्मल ग्रान्ट’को यसपालिको अन्तिम अनुदान नेपाली रुपयाँ करिब २५ लाखको हुने गर्छ l संसारभरि हालसम्म ५ हजार ४ सय ६६ परियोजनाहरूलाई सहयोग गरेको रुफर्डले ६ हजारदेखि १५ हजार पाउन्डसम्म दिने गर्छ l
प्रकृतिका साथीहरू संस्थासँग आबद्ध भएर गण्डकी प्रदेशमा सो रकम खर्चिने छन् l सो रकमबाट संरक्षण चेतना शिविर, संरक्षण सामग्री, गोष्ठी, पुस्तक लेखन र एप्लिकेसन निर्माणमा खर्च हुने छ l आचार्यको परियोजना समूहमा यादव घिमिरे, सोम जिसी र समुन्द्र घिमिरे छन् ।
३ दशक लामो समयसम्म वन्यजन्तुको अनुसन्धान र संरक्षणमा लागेका पोखराका राजु आचार्य विगत १३ वर्षदेखि लाटोकोसेरोको संरक्षणमा अनवरत लागेका छन् l उनी इनेचर न्युज अनलाइनका सम्पादक समेत हुन् l



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …