
प्रचण्ड घाम र गर्मीका कारण महोत्तरी जिल्ला अस्पताल जलेश्वरमा सर्पले डसेको बिरामीको सङ्ख्या बढ्दै गएको छ। महोत्तरी जिल्ला अस्पताल जलेश्वरका मेडिकल सुपरिटेन्डेन्ट एवं निमित्त कार्यालय प्रमुख डा. सतिश साहका अनुसार एक/दुई जना कहिलेकाहीँ आउने गरेको अस्पतालमा अहिले दैनिक आठदेखि १० जनासम्म सर्पले डसेको बिरामी उपचारका लागि आउँछन्।
केही दिनदेखि अत्यधिक गर्मी बढिरहेका कारण सर्प दुलो बाहिर निस्केर खेतबारी, सडक र कच्ची घरमा सर्वसाधारणलाई टोक्ने गरेको बिरामीको भनाइ उद्धृत गर्दै डा. साहले बताउनुभयो । पछिल्लो समय जिल्लामा भएको भारी वर्षापश्चात् सर्प बस्ने ठाउँमा पानी भरेको र सर्प लुक्ने झारीसमेत ओसिलो भएको कारण सर्प गाउँ बस्तीमा पस्ने गरेको पाइएको छ । त्यही क्रममा कुनै प्रकारले सर्पलाई मानिसबाट नोक्सानी भएको पाइएमा वा नजानेर पनि सर्पलाई छुन गएको खण्डमा सर्पले टोक्ने गरेको डा. साहले बताउनुभयो ।
डा. साहले अस्पताल आउनेमध्ये बढीलाई विषरहित सर्पले डसेको तथा केही मात्रै विषालु सर्पले डसेको बिरामी आउने गरेको बताउनुभयो । अहिले महोत्तरीको १० नगरपालिका र पाँच गाउँपालिकाका विभिन्न गाउँठाउँमा सर्पको बिगबिगी देखिएको स्थानीयवासीले बताएका छन् ।
जिल्लाको विभिन्न गाउँठाउँबाट दर्जनौँ व्यक्ति उपचारका लागि आउने यस अस्पतालमा सीमापारि भारतको विभिन्न ठाउँठाउँबाट पनि सर्पले डसेको बिरामी उपचारार्थ आउँछन् । महोत्तरीमा देखापर्ने विषरहित सर्पमा ढोरिया, हरहरालगायतका छन् भने विषालुमा सबैभन्दा बढी व्यक्तिलाई टोक्ने र सबैतिर सजिलै भेटिने करेत र गोमन छन् ।
यस वर्ष अहिलेसम्म सर्पले टोकेर जलेश्वर अस्पतालमा उपचारका लागि आइसकेका कुनै पनि व्यक्तिको मृत्यु नभएको डा. साहले बताउनुभयो।
उहाँले जिल्ला अस्पताल जलेश्वरमा सर्पले डसेको बिरामीलाई लगाइएने एन्टी स्नेक भेनम पर्याप्त रहेको बताउनुभयो । सर्पले डसेको बिरामीलाई विषको मात्रा हेरी एन्टी स्नेक भेनमको भाइल (डोज) लगाउने गरिन्छ। रासस



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…