
बाँके राष्ट्रिय निकुञ्जमा वन्यजन्तुमैत्री संरचना नहुँदा सडक दुर्घटनामा परी वन्यजन्तुले अकालमा मृत्युवरण गर्नुपरेको छ । निकुञ्ज क्षेत्रमा पर्ने पूर्व–पश्चिम राजमार्ग र उत्तर–दक्षिणको रत्न राजमार्गमा सवारी दुर्घटनामा परी वन्यजन्तुको मृत्यु तथा घाइते हुनेक्रम बढ्दो छ ।
साथै राजमार्गको दुवैतर्फ अबरोध नहुँदा अधिक तीव्र गतिमा गुडेका सवारीसाधनबाट वन्यजन्तु दुर्घटनाका जोखिममा परेका हुन् । हालसम्म सडक दुर्घटनामा परेर निकुञ्जका ३५८ वन्यजन्तुको मृत्यु भएको निकुञ्जका सहायक संरक्षण अधिकृत महेश न्यौपानेले जानकारी दिनुभयो ।
उहाँका अनुसार राजमार्गमा सडक दुर्घटनामा परेर मर्नेमा सबै भन्दा बढी बाँदर, बँदेल र चित्तल छन् । गत आर्थिक वर्षमा मात्रै दुर्घटनामा परेर ४३ र अन्य दुर्घटनामा परेर २५ वन्यजन्तुको मृत्यु भएको थियो । आव २०७१/७२ देखि आव २०७७/०७८ सम्मका अवधिमा दुवै राजमार्गमा भएका सवारी दुर्घटनामा परेर विभिन्न प्रजातीका ३५८ वन्यजन्तु मरेका थिए ।
आव २०७१/०७२ मा सडक दुर्घटनाबाट १६ वन्यजन्तु मरेकामा कुकुरको टोकाइ तथा अन्य कारणबाट आठ रहेका थिए । आव२०७२/०७३ मा सडक दुर्घटनामा ४३, कुकुरको टोकाइ तीन अन्य कारण चार, आव २०७३/०७४ मा सडक दुर्घटनामा ६१, कुकुरको टोकाइबाट सात, अन्य कारणबाट १५, आव२०७४/०७५ मा सडक दुर्घटनामा ७२, कुकुरको टोकाइबाट चार, अन्य कारणबाट छ, आव २०७५/७६ मा सडक दुर्घटनामा ४४, कुकुरको टोकाइबाट १३, अन्य कारणबाट नौ, २०७६/०७७ मा ५४ र गत आवमा २०७७/७८ मा ४३ सडक दुर्घटनामा र कुकुरको टोकाइ र अन्य कारणले २५ वन्यजन्तुले अकालमा मरेका संरक्षण अधिकृत न्यौपानेले बताउनुभयो ।
राजमार्गमा बढ्दो सवारी चाप र चालकको लापरवाहीले वन्यजन्तु जोगाउन मुस्किल भएको उहाँको भनाइ छ । निकुञ्जको पूर्व शिव खोलादेखि पश्चिम कोहलपुरसम्म ७२ किलोमिटर र उत्तर–दक्षिण रत्न राजमार्ग ३२ किमी क्षेत्रमा गाडीको ठक्करबाट वन्यजन्तुको मृत्यु हुने गरेको छ । सबैभन्दा बढी कोहलपुरदेखि शिवखोलासम्मको पूर्वपश्चिम राजमार्गमा वन्यजन्तु दुर्घटनामा पर्ने गरेको निकुञ्जको तथ्याङ्कले देखाएको छ ।
निकुञ्जमा पूर्व–पश्चिम राजमार्ग ७२ किमी र उत्तर दक्षिणको रत्नराजमार्गले ३२ किमी निकुञ्जभित्रको वनक्षेत्र ओगटेको छ । घाँसे मैदानसहितको पानी खाने स्रोतको रुपमा सिक्टा सिँचाइको नहर र राप्ती नदी भएको कारणले पनि पानीको खोजीमा वन्यजन्तु सडक छेउ आउने गर्दा दुर्घटनामा पर्ने गरेको उहाँले बताउनुभयो ।



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…