
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा एउटा पोथी गैँडा मृत फेला परेको छ । निकुञ्जको पश्चिम सेक्टरअन्तर्गत पर्ने नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को कावासोती नगरपालिका–७ मा पर्ने नमूना मध्यवर्ती सामुदायिक वनमा मृतावस्थामा पोथी गैँडा फेला परेको हो ।
सो सामुदायिक वनको पश्चिमतर्फको गेटमा करिब ३०–३५ वर्षको पोथी गैँडा मृत भेटिएको निकुञ्जका सूचना अधिकारी एवं सहायक संरक्षण अधिकृत लोकेन्द्र अधिकारीले जानकारी दिए । मृता गैँडाको खाग र खुर सुरक्षित रहेको अधिकारीको भनाइ छ । मृत गैँडाको प्रकृति हेर्दा रोगी र कमजोर देखिएको तथा वनमा लगाइएको झट्का दिने करेन्टमा परी लडेर मरेको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट देखिएको अधिकारीले जानकारी दिए ।
नवलपुरमा बुधबार भेटिएको मृत गैँडासँगै चालु आव २०७८/७९ मा चितवन राष्ट्रिय निकुञ्जमा चार वटा गैँडा मरेका छन् । रासस



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष नाग पञ्चमी मनाइन्छ । नागका बाह् नाम भए पनि आठ कूलका आठ पटा…
काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्को सभाहलमा बिहीवारदेखि चराहरूको फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघको आयोजनामा…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…