
अन्नपूर्ण गाउँपालिका ३ पाउदुर घुम्तीमा घाइते अवस्थामा भेटिएको चितुवाको उद्धार गरिएको छ । डिभिजन वन कार्यालय कास्की र स्थानीयले घाइते अवस्थामा भेटिएको चितुवाको उद्धार गरेका हुन् ।
करिब ५ वर्षको भाले चितुवा सख्त घाइते अवस्थामा भेटिएपछि उद्धार गरेर उपचार भइरहेको डिभिजन वन कार्यालय कास्कीका सूचना अधिकारी शालिकराम पराजुलीले जानकारी दिए ।चितुवाको टाउकोमा चोट लागेको छ । के कसरी चितुवा घाइते भयो भन्ने अनुसन्धानकै विषय भएकाे पराजुलीले बताए ।
घाइते चितुवालाई पोखराको पचभैयामा रहेको प्राणी उद्धार केन्द्रमा राखेर उपचार भइरहेको हो । उद्धार केन्द्रमा पशु चिकित्सक सहितको सुविधा रहेको सूचना अधिकारी पराजुलीले बताए । कास्कीबाट चालु वर्षमा चारवटा चितुवाको उद्धार गरिएको छ । यस अघि सराङकोटमा सवारी साधनको ठक्करबाट सानो उमेरको चितुवा घाइते भएर मृत अवस्थामा फेला परेको थियो । यसै गरी पोखराको सृजनाचोकबाट पनि चितुवा उद्धार गरिएको थियो । बागलुङबाट उद्धार गरेर डिभिजन वन कार्यालय कास्कीमा ल्याइएको चितुवाको पनि डिभिजन वन कार्यालय कास्कीले व्यवस्थापन गरेको हो ।
कास्की जिल्लामा पछिल्लो समयमा चितुवा घाइते अवस्थामा भेटिने, बजारमा आहारा खोज्न आउने क्रम बढ्दो छ । बस्तीमा आहारा खोज्न आउने क्रममा मानव र चितुवा बिच द्धोन्द बढ्दो छ । यसैले बेला बेलामा पोखरामा घाइते अवस्थामा चितुवा भेटिन थालेका हुन् । कास्कीमा चितुवा बस्तीमा पस्ने क्रम बढे पनि चितुवालाई नियन्त्रणमा लिन आवश्यक प्रविधि र जनशक्ति नहुँदा जोखिमपूर्ण रूपमा वनका कर्मचारीले काम गर्नु परेको डिभिजन वन कार्यालय कास्कीका प्रमुख केदार बरालले बताए ।




हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…