
इटहरी उपमहानगरपालिका ४ आर्मी क्याम्प नजिकै स्थानीय मिफुङ लिम्बुको कृषि फार्ममा असार २२ गते पसेको नीलगाई एक महिना बढी समय हुँदा पनि अझै उद्धार हुन सकेको छैन ।
नीलगाई उद्धार गर्न कृषि फार्मका सञ्चालक लिम्बुले प्रहरी प्रशासन, स्थानीय सरकार, डिभिजन वन कार्यालयमा पुगेर हारगुहार गरिरहेका छन् । तर वन कार्यालयले एक महिना बढी समय बितिसक्दा पनि उद्धार नगर्दा फार्म सञ्चालक मर्कामा परेका छन् । कृषि फार्ममा पसेको नीलगाईको बेलैमा उद्धार नहुँदा साढे ४ विगाह कृषि र्फाममा रहेका फलफूलका रुख, बिरुवा, तरकारी नष्ट गरेको छ ।
डिभिजन वन कार्यालय सुनसरीका डिभिजन वन अधिकृत दान बहादुर श्रेष्ठले डार्टिङ गनसहितको जनशक्ति नहुँदा बेलैमा उद्धार गर्न नसकिएको बताए । डार्टिङ गनसहितको टोली कोशीटप्पु वन्यजन्तु आरक्षणबाट आउँदै गरेको र भोलि (शुक्रबार) उद्धार हुने डिभिजन वन अधिकृत श्रेष्ठले इनेचर न्युजलाई बताए । नीलगाई ठुला भएकोले नियन्त्रण गर्न डार्टिङ गनसहितको जनशक्ति चाहिने भएकोले वन्यजन्तु आरक्षणबाट टोली बोलाउँदा उद्धारमा समय लागेको तरहरा सब डिभिजन वन कार्यालय इटहरीका सहायक वन अधिकृत अवदेशकुमार गच्छेदारले बताए ।
वन्यजन्तु उद्धार र व्यवस्थापनकालागि डार्टिङ गनसहित जनशक्ति नहुँदा देशभरका वनका कर्मचारी चितुवा लगायतका वन्यजन्तु जोखिमपूर्ण रुपमा उद्धार गरिरहेका छन् । प्रदेश सरकार अन्तर्गतका देशभरका वन कार्यालय र जिल्ला डिभिजन वन कार्यालयहरूमा हिंस्रक वन्यजन्तु व्यवस्थापनका लागि आवश्यक डार्टिङ गनसहित जनशक्ति नहुँदा यो समस्या आएको हो ।
नीलगाई भारतीय उपमहाद्वीपमा सबैभन्दा ठुलो एन्टिलोप प्रजाति हो । यसको शरीरको बनावट घोडासँग बढी मिल्दोजुल्दो हुन्छ । वयस्क भालेको शरीरको रङ्ग नीलो खैरो हुन्छ भने पोथी तथा बच्छाहरुको शरीरको रङ्ग हल्का खैरो हुन्छ । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन २०२९ को उपदफा ३ बमोजिम नीलगाईलाई हानी नोक्सानी गरे राष्ट्रिय निकुञ्ज भित्र भए २० हजार देखि ५० हजार जरिवाना वा ६ महिना देखि १ वर्ष सम्म कैद वा दुवै हुन सक्ने छ । निकुञ्ज बाहिरको हकमा २० हजार सम्म जरिवाना, ६ महिना सम्म कैद वा दुवै हुन सक्ने व्यवस्था छ ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष नाग पञ्चमी मनाइन्छ । नागका बाह् नाम भए पनि आठ कूलका आठ पटा…
काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्को सभाहलमा बिहीवारदेखि चराहरूको फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघको आयोजनामा…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…