
चर्चित टेलिभिजन रियालिटी शो नेपाल आइडलका निर्णायक परिवर्तन भएका छन् । नयाँ निर्णायकमा गायक एवं वरिष्ठ संगीतकार शम्भूजित बाँस्कोटा, सुगम पोखरेल र सुवानी मोक्तान रहेका छन् ।
फ्रेन्चाइज गायन रियालिटी शो नेपाल आइडलले चौथो सीजनका लागि निर्णायकहरु परिवर्तन गरेको हो । सीजन ३ सम्मका निर्णायक न्ह्यूौ बज्राचार्य, कालीप्रसाद बास्कोटा र इन्दिरा जोशी अर्कै रियालिटी शोमा आवद्ध भएपछि व्यवस्थापन समितिले नेपाल आइडल सीजन ४ का लागि नयाँ निर्णायक टीम चयन गरेको बताइएको छ ।
Facebook Notice for EU!
You need to login to view and post FB Comments!