
पोखरा : पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलो पटक बुधवार देखी अन्तर्देशीय उडान सुरु भएको छ । फ्लाई दुबईले दुबई—पोखरा, पोखरा—दुबई दैनिक नियमित व्यावसायिक उडान सुरु गरेको हो ।
पोखरा विमानस्थलमा बुधबार साँझ ६ः१५ बजे फ्लाई दुबईको जहाज अवतरण हुँदा पानीको फोहोराले स्वागत गरिएको थियो । दुबईबाट आउँदा ११३ जना यात्रु लिएर पोखरा आएको फ्लाई दुबईको जहाजले दुबई उडान हुँदा १५३ जना यात्रु लिएर उडेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका अधिकारीले बताएका छन् ।
पोखराबाट दुबईमा ट्रान्जिट भएर विभिन्न देशको यात्रा गर्न सकिने गरी पहिलो पटक अन्तर्राष्ट्रिय उडान सुरु भएपछि पोखराको स्थानीय र पर्यटन व्यवसायी उत्साहित भकाएछन् ।
म्याग्दीको सिता घती मगर दुबईबाट सोझै पोखरा आउन पाएकोमा खुसी लागेको बताइन् । काठमाडौँ भएर आउँदा हुने झन्झट पनि बेहोर्न नपरेकोका कारण पनि धेरै खुसी लागेको उनले सुनाइन । यस अघि चीनका केही सहरमा सातामा एक पटक व्यावसायिक उडान भए पनि यसले निरन्तरता पाउन सकेको थिएन । यात्रु अभावका कारण अहिले स्थगन गरेको छ । यसै गरी सिचुवान एयरलाईन्सले पोखराबाट चीनमा ६ महिना चार्टर उडान गरेको थियो । यसले पनि यात्रुको अभावमै नियमित उडान गर्न सकेको थिएन । सिचुवान एयरलाइन्सले छेन्दु पोखरा २६ वटा मुभ्मेन्ट गरेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख जग्गानाथ निरौलाले बताए ।
अन्तर्राष्ट्रिय उडान भए पनि अन्तर्राष्ट्रिय उडान भएबापत लिनु पर्ने शुल्क २०८५ को भाद्र सम्म पूर्ण रूपमा छुट रहेको छ । यसैले अन्तर्राष्ट्रिय उडान तर्फको आम्दानी भने शून्यकै अवस्थामा रहेको पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रमुख निरौलाले बताए । पहिलो पटक आज देखि दुबई—पोखरा, पोखरा—दुबई नियमित व्यावसायिक उडान सुरु गरेपछि यसले निरन्तरता पाउने र पर्यटक आगमनमा वृद्धि हुने पोखरा पर्यटन परिषद्का अध्यक्ष हरि भुजेलले बताए । फ्लाई दुबईको जहाजबाट दुबई हुँदै युरोप, अमेरिका, अस्ट्रेलिया लगायतका देशमा कनेक्टिङ फ्लाइटबाट जान सकिने भएकोले पनि उडान नियमित हुने विश्वास पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष पोमनारायण श्रेष्ठको छ ।
फ्लाई दुबईले १२० भन्दा बढी गन्तव्यमा सिधा उडान गर्दै आएको छ । पोखरा दुबई उडानको सफलतासँगै अन्य अन्तर्राष्ट्रिय एयरलाइन्स कम्पनी पोखरामा आकर्षित हुने विश्वास पोखराका पर्यटन व्यवसायीको छ ।



मुस्ताङको जोमसोममा हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको असरबारे दुईदिने राष्ट्रिय जलवायु परिवर्तन सम्मेलन सुरु भएको छ। घरपझोङ गाउँपालिकाको आयोजनामा…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…