
कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पाटेबाघ बढेका । सन् २०१८ मा १६ पाटेबाघ रहेकामा अहिले १९ पुगेको छ । गत जेठ महिनामा गरिएका गणनामा बाघको सङ्ख्या बृद्धि भएकोे शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज कार्यालयले जनाएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनलले आज यहाँ आयोजित कार्यक्रममा बाघको सङ्ख्या बृद्धि भएको जानकारी दिनुभयो । उहाँले स्वचालित क्यामेरा विधिबाट बाघ गणना गरिएको बताउनुभयो । “जेठ ४ देखि २३ गतेसम्म गरिएको गणनामा बाघको सङ्ख्या वृद्धि हुनुका साथै थप वृद्धि हुने आशा पलाएको छ ।” उहाँले भन्नुभयो, “यो सङ्ख्या घटेको पनि होइन, धेरै बढेको नभए पनि सुधारको लक्षण देखियो ।” उहाँले निकुञ्जमा ११ पोथी, छ भाले, लिङ्ग पहिचान नभएको एक र वस्यक पाटेबाघ रहेको जानकारी दिनुभयो ।
तीन सय छ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा बाघ गणनाका लागि ८९ क्यामेरा जडान गरिएको थियो । गणनामा निकुञ्ज, प्रकृति संरक्षण कोष शुक्लाफाँटा र नेपाली सेनाको देवीदल गणको संयुक्त टोली परिचालन गरिएको थियो । “गणना अघि खटिने ३३ जना कर्मचारीलाई तालिमसमेत दिइएको थियो ।” प्रमुख संरक्षण अधिकृत पुनले भन्नुभयो, “गणनामा आर्थिक र प्राविधिक सहयोग जेडएसएल नामक संस्थाले ग¥यो ।” शुक्लाफाँटामा बाघका लागि आहार प्रजातिको सहज उपलब्धता हुनु, चोरी शिकारी नियन्त्रणलगायतका कारणले वृद्धि भएको हो ।
त्यसैगरी प्रकृति संरक्षण कोष, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत लक्ष्मीराज जोशीले चारैतिर मानव बस्ती र नेपाल–भारत सिमानासित समेत जोडिएकाले बाघ संरक्षणमा चुनौती रहेको बताउनुभयो । सन् २०१० मा सरकारले मुलुकमा बाघको सङ्ख्या २५० पु¥याउने लक्ष्य लिएको बताउँदै उहाँले हाल २३५ को हाराहारीमा बाघ पुगिसकेको जानकारी दिनुभयो । विसं २०२६ मा शाही शिकार आरक्ष रहेको शुक्लाफाँटा २०७३ फागुनमा सरकारले राष्ट्रिय निकुञ्जका रुपमा विकास गरेको थियो ।
निकुञ्जमा गत आर्थिक वर्षमा चोरी शिकारी र वन पैदावारतर्फ गरी ४१ वटा मुद्दा दायर भएको निकुञ्ज कार्यालयले जनाएको छ । जसमध्ये ३२ वटा मुद्दा फाच्र्यौट भइसकेका छन् । प्रमुख संरक्षण अधिकृत पुर्जा पुनले यहाँ दरबन्दीसहितको वन्यजन्तु उद्धार केन्द्रको आवश्यकता रहेको बताउनुभयो । “बाघका लागि शुक्लाफाँटा उत्कृष्ट वासस्थानका रुपमा रहेको छ ।” उहाँले भन्नुभयो, “कुनै बेला यो एसियाकै सबैभन्दा बढी बाघको घनत्व भएको क्षेत्रको रुपमा परिचित थियो ।” रासस



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…