
नेपालका विभिन्न भागमा मनसुनको उत्तरार्धमा ठूलो वर्षा भइरहेको छ । मेघगर्जनसहित ठूलो वर्षा हुँदा देशका विभिन्न सहर डुबानमा परेका छन् । पहिरो जाँदा धेरैको ज्यान गएको छ भने सडक अवरुद्ध छन् । आइतबार रातिदेखी आएको वर्षाले धेरै पानी पर्ने गण्डकी प्रदेशको कास्की जिल्ला, पर्वतमा पहिराेले धेरैकाे ज्यान गएकाे छ । काठमाण्डौं उपत्यका र लुम्बिनी प्रदेशका विभिन्न क्षेत्र बाढीबाट प्रभावित भएका छन् ।
बाढी र पहिरोका कारण देशभरका विभिन्न स्थानका सडकहरूमा अवरोध खडा भएको गृह मन्त्रालयले जनाएको छ । बाढी पहिरोको कारण कतिपय स्थानमा मानिसहरुलाई उद्धार गर्नुपर्ने अवस्था आएको छ भने कतिपय घर नै छाडेर आफन्तकोमा वा डेरामा बस्न बाध्य भएका छन् ।
किन गयो पहिरो, किन आयो बाढी ?
मौसमविद्का अनुसार आइतबार रातिदेखि ठूला पानी परेको देशमा विभिन्न भागमा बाढी आएको छ । जल तथा मौसम विज्ञान कार्यालय पोखराका निमित्त प्रमुख तथा हाइड्रोलोजिष्ट इन्जिनियर सागर मिश्रले लगातारको वर्षा र एकै पटक ठूलो वर्षा (आरीघोप्टे वर्षा) भएकोले बाढी पहिरो आएको बताउँछन् ।
वर्षा याममा लगातार तीन चार दिन वर्षा हुँदा जमिन गल्कीने र पहिरो जाने पनि उनले बताए । यसैको कारण कास्कीको भलाममा र पर्वतमा पहिरो गएको उनले सुनाए । अविरल वर्षा पछि गएको पहिरोले घर पुरिदा यसै साता पोखरामा ६ जना र पर्वतमा दश जनाको ज्यान गएको छ । काठमाण्डौमा छोटो समयमा आरीघोप्टे वर्षाको कारण पानी बगेर बाहिर जाने निकास नपाउँदा उपत्यकाका विभिन्न स्थान डुबानमा परे ।
पोखरामा आइतबार बिहान ८ः४५ अघिको २४ घण्टा ३०२ मिलिमिटर वर्षा भएकाे थियो । त्यस्तै भाद्र १७ गते बिहान ८ः४५ अघिको २४ घण्टामा पोखरामा १२१।४ मिलिमिटर वर्षा भएको जल तथा मौसम विज्ञान कार्यालय पोखराले जनाएको छ । त्यही राति पोखराको भलाममा पहिरोले ५ जनाको मृत्यु र १ जना बालक बेपत्ता भएका थिए । पसिपल्ट बेपत्ता बालक पनि मृत अवस्थामा भेटिएका थिए । नेपालमा चट्याङको कारण पनि वर्षा याममा धेरैको ज्यान जाने गर्दछ । नेपालमा चट्याङको पूर्वानुमान गर्ने प्रणाली नहुँदा यो अवस्था आएको विज्ञ बताउँछन् । कतिपय विकसित देशमा चट्याङको पूर्वानुमान हुने भएकोले कम जोखिम हुन्छ ।

अचानक बाढी पहिरोका कारण देशका विभिन्न ठाउँमा धेरै मानिसहरू बाढीमा फसेको, घर नै छाडेर अन्यत्र बस्न बाध्य भएको सडकहरू अवरुद्ध भएको गृह मन्त्रालयले जनाएको छ । मनसुन सुर भएयता बाढी पहिरोमा परेर आइतबारसम्म १२४ जनाको ज्यान गइसेको गृह मन्त्रालयले जनाएको छ । त्यस्तै ४७ जना बेपत्ता भएको र १२५ जना घाइते भएको पनि गृह मन्त्रालयले जनाएको छ ।
नदी, खोलाको बाटो अवरुद्ध हुँदा र सिमसार क्षेत्रमा बस्ती बस्दा समस्या

आइतबारको आरीघोप्टे वर्षाको कारण काठमाण्डौं उपत्यकाका धेरै ठाउँ डुबानमा परे । त्यसको मुख्य कारण प्राकृतिक भन्दा पनि मानवनिर्मित भएको विज्ञ बताउँछन् । खोला, नदी अतिक्रमण गरेर बस्ती बनाइएकोले डुबानको अवस्था आएको नागरिक समाज पोखराका पूर्व संयोजक विष्णुहरि अधिकारी बताउँछन् । पोखराको कमलपोखरी क्षेत्र पनि यसै साताको अविरल वर्षापछि डुबानमा प¥यो । ढाब खेतमा बस्ती बस्दा यो समस्या आएको विज्ञ बताउँछन् ।
पोखरामा अविरल वर्षा पछि पानी नियन्त्रण नहुँदा कमजोर जमिनुभएका क्षेत्रमा भ्वाङ पर्ने गरेको छ । दुई हप्ता अघि पोखराको व्यस्त बजार मेहन्द्रपुल बजारको व्यस्त सडक किनारमा भ्वाङ परेको थियो । जमिनको भित्री सतह कमेरो माटो भएका क्षेत्रमा पानी जम्दा जमिन भित्र छिरेर चुन पगाल्दा चुन रहेको भाग पग्लन्छ र त्यो खाली ठाउँ रहेको क्षेत्रका कारण जमिन भासिने समस्या हुँदै आएको जियो टेक्निकल इन्जिनियर नारायण गुरुङ बताउँछन् ।
अबको मौसमको पूर्वानुमान के छ ?
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी दुई दिनसम्म देशका विभिन्न क्षेत्रमा पानी पर्ने सम्भावना रहेको छ । केही क्षेत्रमा मेघ गर्जनसहित वर्षा हुने महाशाखाले जनाएको छ ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…