
कोरोना महामारीमा पर्यटक उद्धार गर्नेमा नेपाल उत्कृष्ट हुँदै बेष्ट रेस्पोन्स टु दी प्यान्डामिक गोल्ड अवार्ड पाएको छ । कोरोना महामारी फैलिएका बेला नेपालका ३३ वटा गन्तव्यमा अलपत्र परेका पर्यटकलाई उद्धार गर्दै उनिहरुको मुलुक फर्काउन उत्कृष्ट कार्य गरेबापत नेपालले ९ वटा मुलुकलाई उछिन्दै अवार्ड पाएको हो ।
पर्यटन क्षेत्रमा एडभान्चर ट्राभल विधामा विश्भर कहलिएको बेलायतको चर्चित वन्डरलस्ट म्यागजिनले यो अवार्ड दिएको हो । कोरोना फैलिए लगतै नेपालले ०७६ चैत ११ मा लकडाउन लगाएको थियो । लकडाउन अघि र लकडाउनकै बेलामा अन्न्पूर्ण संरक्षण क्षेत्रको पदायत्रामा रहेका, सगरमाथालगायतका पर्यटकीय गन्तव्यमा रहेका २ हजार पदयात्री तथा आरोहणमा गएका अलपत्र वरेका विदेशी पर्यटकलाई उद्धार गरेको थियो ।
अलपत्र परेका पर्यटकलाई नेपाल पर्यटन बोर्डको संयोजनमा सीसीएमसी र जिल्ला प्रशासनको पास बनाई काठमाण्डौं पठाइएको थियो । काठमाण्डौंबाट चार्टर उडानबाट स्वदेश फार्काइएको थियो । कोरोना महामारीमा काण्ठमाण्डौंमा रोकीएका ४ हजार पर्यटक सहित ६० मुलुकका ६ हजार विदेशीलाई उनीहरुको मुलुलकमा फर्कन सहयोग गरिएको नेपाल पर्यटन बोर्डले जनाएको छ ।
नेपालजस्तै मनोनयनमा परेका साउदी अरेबिया, स्लोभेनिया, कोलम्बिया, क्रोएसिया, ग्रिस, माल्दिभ्स, इजरायल, लुइसियाना राज्य अमेरिकालाई पछि पार्दै नेपालले अवार्ड जितेको हो ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…