
हरिबोधिनी एकादशी औषधीय गुण भएको वनस्पति तुलसी र नदीलाई पूजा गर्ने पर्व हो । यो पर्वमा हिन्दू धर्मावलम्बीले घर घरमा तुलसीको मठ बनाएर तुलसी रोपेर पूजा गर्ने गर्दछन् ।
तुलसी औषधीय गुण भएको वनस्पति हो । तुलसीको पात, डाँठ, फूलको रस रुघाखोकी लगायत रोगका लागि औषधी हुने आयुर्वेदका चिकित्सक बताउँछन् । तुलसीको रस शरीरमा लगाएमा लामखुट्टेले टोक्दैन । तुलसीको हावाले विषालु कीटाणुलाई नष्ट गर्ने विज्ञ बताउँछन् । हरिबोधिनी एकादशीमा नदीलाई पूजा गरेर फूल तार्ने परम्परा रही आएको छ ।

यसरी मानव मात्र होइन सबै सजीव प्राणीकालागि महत्वपूर्ण पानी संरक्षणकाे सन्देश पनि यो पर्वले दिएको छ । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु ब्युँझिने दिन भएकोले हरिबोधिनी भनिएको हो । हरिशयनी देखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुका भक्तले तुलसीको व्रत गरी विशेष पूजा गरी हरिबोधिनी एकादशीमा पवित्र नदीमा फूल तारेर चार महिना लामो व्रत सम्पन्न हुने गर्दछ ।
नदीनाला पानीका स्रोत, प्रकृति, र वनस्पति संरक्षणमा लाग्न प्रेरित गर्ने पर्वकाे शुभकामना ।





हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…