
गण्डकी प्रदेश सरकारले कर्मचारी सूचना प्रणाली लागु गरेको छ । मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले उक्त प्रणालीको सुरुआत गरे । एकीकृत विवरण कर्मचारीको सरुवा बढुवा एकरुपता नदेखिएको भन्दै अबका दिनमा यो समस्या नआउने विश्वास उनले व्यक्त गरे ।
देशस्तरमा रहेका सबै कर्मचारीको यथार्थ विवरण राख्नका यो प्रणाली लागु गरिएको प्रमुख सचिव डा. दामोदर रेग्मीले बताए । उक्त प्रणालीमा कर्मचारीको पद विवरण, तह विवरण, सेवा, समूह, जिल्लामात्र नभएर सरुवा पत्र र टिप्पणि पत्रको ढाँचा समेत उल्लेख छ । गण्डकी प्रदेशमा करिब ३ हजार कर्मचारीको दरबन्दी छ ।
तीमध्ये २ हजार मात्र पुर्ति भएको छ । डा. रेग्मीले भने,‘कर्मचारीको सरुवा, बढुवा मात्र नभई कारवाही र पुरस्कारका लागि पनि यो प्रणाली सहयोगशिद्ध हुन्छ ।’ ७ प्रदेशमध्ये गण्डकीका यो प्रणाली पहिलोपटक लागु भएको उनले दाबी गरे ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …