
पोखराको फेवाताल किनारमा सन् २०२२ लाई स्वागत गर्न सडक महोत्सवको आयोजना गरिएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसियसन (रेवान) पोखराको आयोजनामा अंग्रेजी नयाँ वर्ष मनाउने पर्यटकीय गन्तब्य स्थलको रुपमा पोखरालाई विकास गर्न सडक महोत्सव हुँदै आएको छ ।
कोभिड—१९ को मारमा परेको पर्यटन उद्योगलाई उठाउन र पोखरा खुला छ भन्ने सन्देश दिन पनि २३ औं संस्करणको सडक महोत्सव आयोजना गरिएको रेवान पोखराका अध्यक्ष लक्ष्मण बरालले जानकारी दिए । प्रत्यक वर्ष जस्तै यस वर्ष पनि सडकमै खाउँ, सडकमै रमाउँ भन्ने नाराका साथ महोत्सव हुँदै छ ।
डिसेम्बर ३०, ३१ र नयाँ वर्ष २०२२ को पहिलो दिन सम्म (पुस १५ देखि १७ गते) सम्म हुने सडक महोत्सवको सम्पूर्ण तयारी पुरा भएको २३ औं सडक महोत्सवका संयोजक नरेश भट्राईले जानकारी दिए । फेवाताल किनारको ३ किलोमितर क्षेत्रमा सवारी साधन बन्द गरि तीन दिनसम्म हुने सडक महोत्सवकालागि होटल बुकी पनि बढीरहेको पश्चिमाञ्चल होटल संघ पोखराका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।
पर्यटकलाई होटलहरुमा खाना बस्न प्याकेजको पनि व्यवस्था रहेको छ । महोत्सवमा सडकमै विभिन्न सांस्कृतिक कार्यक्रमको अवलोकन गर्दै खानाका परिकारको स्वाद लिने गरी व्यवस्था गरिने सडक महोत्सवको संयोजक नरेश भट्टराईले बताए । महोत्सवमा सबै स्वास्थ्यका प्रोटोकल पूरा लागु हुने आयोजक संस्थाले जनाएको छ । सडक महोत्सवमा आउने पर्यटकलाई प्याकेजको पनि व्यवस्था गरिएको छ ।
पछिल्लो समयमा पोखरा अंग्रेजी नयाँ वर्ष मनाउने गन्तव्य स्थलको रुपमा विकास हुँदै गएको पोखरा पर्यटन परिषदका अध्यक्ष गोपी भट्टराईले बताए । स्वदेशी तथा विदेशी पर्यटकको सडक महोत्सवमा बाक्लाे उपस्थिति हुने गरेको छ । कोरोना पछि थला परेको पर्यटन उद्योगलाई उकास्न महोत्सव थप महत्वपूर्ण हुने आयोजकको विश्वास छ ।



प्रतिनिधि सभा निर्वाचन २०८२ मा करिब दुई तिहाई मत पाएर सरकार बनाउन तयारी गरिरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को…
पोखरा : प्रकृति, वन्यजन्तु र वनस्पति संरक्षण अधिकारमा आधारित हुनुपर्ने यस क्षेत्रका अधिकारीहरुले जोड दिएका छन् । अधिकारमा आधारित संरक्षण…
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो र डब्लु डब्लु एफ नेपाल बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ ।…
पोखरा : ‘सिक्लेसैको सेतो टापी अन्नपूर्ण हिमाल’, शिर्षकको संरक्षण म्युजिक भिडियो पोखरामा सार्वजनिक गरिएको छ । प्रकृति, जैविक विविधता,…