
पोखरा २२ पुम्दिभुम्दीमा अवैध रूपमा वन्यजन्तुको छाला घरमा लुकाई छिपाई राखेको अवस्थामा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । वन्यजन्तुको छाला घरमा लुकाई राखेको छ भन्ने सूचनाको आधारमा प्रहरीले पुम्दीभुम्दीका २८ वर्षीय खो बहादुर थापालाई पक्राउ गरेको जनाएको छ ।
थापाको घरबाट ७ फिट लामो चितुवाको छाला, विभिन्न आकारका डल्लो पदार्थ ३ थान, सानो पटका रहेको रातो रङ्गको पत्ता १ थान फेला परेपछि उनलाई नियन्त्रणमा लिएको कास्की प्रहरीले बताएको छ ।
पक्राउ परेका थापालाई कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा सात दिन म्याद थप गरी अनुसन्धान अघि बढेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी सुन्दर तिवारीले जानकारी दिए । थापाले वन्यजन्तु संरक्षण ऐन २०२९ सम्बन्धी कसुर समेत गरेको हुँदा थप अनुसन्धान र कारबाहीको लागि डिभिजन वन कार्यालय कास्कीमा आवश्यक कारबाहीकालागि प्रक्रिया अघि बढेको प्रहरीले जनाएको छ ।
चितुवाको छालाको अध्ययन गर्दा गोली हानेर चितुवा मारेको पाइएको छ । छाला आलो र गोली लागेको लाग समेत पाइएको डिभिजन वन कास्कीका सूचना अधिकारी शालिकराम पराजुलीले बताए ।

तस्बिर : जिल्ला प्रहरी कार्यालय कास्की



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …