
पोखरा २२ पुम्दिभुम्दीमा अवैध रूपमा वन्यजन्तुको छाला घरमा लुकाई छिपाई राखेको अवस्थामा कास्की प्रहरीले एक जनालाई पक्राउ गरेको छ । वन्यजन्तुको छाला घरमा लुकाई राखेको छ भन्ने सूचनाको आधारमा प्रहरीले पुम्दीभुम्दीका २८ वर्षीय खो बहादुर थापालाई पक्राउ गरेको जनाएको छ ।
थापाको घरबाट ७ फिट लामो चितुवाको छाला, विभिन्न आकारका डल्लो पदार्थ ३ थान, सानो पटका रहेको रातो रङ्गको पत्ता १ थान फेला परेपछि उनलाई नियन्त्रणमा लिएको कास्की प्रहरीले बताएको छ ।
पक्राउ परेका थापालाई कास्की जिल्ला अदालतबाट हातहतियार तथा खरखजना सम्बन्धी कसुरमा सात दिन म्याद थप गरी अनुसन्धान अघि बढेको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी सुन्दर तिवारीले जानकारी दिए । थापाले वन्यजन्तु संरक्षण ऐन २०२९ सम्बन्धी कसुर समेत गरेको हुँदा थप अनुसन्धान र कारबाहीको लागि डिभिजन वन कार्यालय कास्कीमा आवश्यक कारबाहीकालागि प्रक्रिया अघि बढेको प्रहरीले जनाएको छ ।
चितुवाको छालाको अध्ययन गर्दा गोली हानेर चितुवा मारेको पाइएको छ । छाला आलो र गोली लागेको लाग समेत पाइएको डिभिजन वन कास्कीका सूचना अधिकारी शालिकराम पराजुलीले बताए ।

तस्बिर : जिल्ला प्रहरी कार्यालय कास्की



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…