
मानव निर्मित संरचना वन्यजन्तुकालागि काल बन्दै गएको छ । अव्यवस्थित रुपमा निर्माण भएका संरचनामा परेर बेलाबेलामा वन्यजन्तु मर्ने गरेका छन् । यस्तै आइतबार घटना भएको छ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत टिकौली जंगल नजिक निर्माणाधीन सडकको नालीमा परेर एउटा गैंडाको मृत्यु भएको हो । आइतबार दिउँसो तीन बजे अन्दाजी वाषर््को भाले गैडा मरेको अवस्थामा भेटिएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । सडक विस्तारको काम भइरहेको पूर्वपश्चिम महेन्द्रराजमार्गको निर्माणाधीन नालामा खसेर भाले गैंडाको मृत्यु भएको हो ।
यो स्थान राजमार्गको भरतपुर गोन्द्राङ खण्डस्थित भरतपुर महानगरपालिका ९ गोन्द्राङ नजिकैको हो । यहाँ ६ लेनको सडक निर्माणको काम भइरहेको छ । बरण्डाभार जंगल चितनव निकुञ्जका जनावरहरु चुरे र महाभारत ओहोर दोहोर गर्ने जैविक मार्ग मानिन्छ । विकास निर्माणको काम संरक्षण मैत्री नुहँदो दुःखद घट्ना हुँदै आएका छन् ।
नाली बनिसकेको भए पनि खाल्डो नपुर्दा गैडा खसेर मृत्यु भएको हो । गैंडा वनमा लगाइएको तार जाली भत्काएर बाहिर आएको हो । नाली बनिसकेपछि खाल्डो पुरेको भए पनि यस्तो दुःखद अवस्था नआउने स्थानीय हरि शर्मा बताउँछन् ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…