
यात्रु लिएर काठमाडौं उडेको गुण एयरलाइन्सको जहाजमा लाटोकोसेरो ठोक्किएको छ । यात्रु लिएर विराटनगरबाट काठमाडौंका लागि उडेको जहाज चरा ठोक्किएपछि फर्काएर विराटनगर विमास्थलमै अवतरण गरिएको थियो । धावनमार्ग छाड्ने क्रममा लाटोकोसेरो ठोक्किएपछि ३० सिटे जहाजलाई आइतबार साँझ विराटनगर फर्काइएको हो ।
साँझ साढे ६ बजेतिर काठमाण्डौंकालागि उडेको जहाजमा लाटोकोसेरो ठोक्किएपछि गन्तव्यमा पुग्न नसके पछि ५ मिनेटमै फर्काएर जहाजलाई सुरक्षित रुपमा विराटनगरमा अवतरण गरिएको विमानस्थल प्रमुख उत्सवराज खरेलले बताएका छन् । ७२४ उडान नम्बर रहेको जहाजमा ३० जना यात्रु र ३ जना चालक दलका सदस्य सहित ३३ जना रहेका थिए । उनिहरु सबै सकुशल रहेका छन् । चरा ठोक्किएपनि जहाजमा ठूला क्षति पुगेको नदेखिएको बताइएको छ । जहाजमा ठोक्किएको लाटोकासेरो भने मरेको छ ।
जहाजमा चरा ठोक्किएपछि धावनमार्ग छाड्ना साथ जहाजको देव्रेतर्फको इन्जिनको भाग बढी तात्न थालेको र इन्जिन हिट हुन थालेको पत्ता लगाएर जहाजलाई सुरक्षित अवतरण गरिएको बताइएको छ । सुरक्षित अवतरण गर्न सफल भएकोले ३३ जनाको ज्यान बाँचेको हो । आकाशमा जहाज उडानका क्रममा चरा ठोक्किने जोखिम सबै जसो देशमा हुने गर्दछ । नेपालमा पनि बेला बेलामा यस्ता घट्ना हुने गरेका छन् ।
यस समाचारमा प्रयोग गरिएको लाटोकोसेरोकाे तस्बिर सिम्बोलीक हो ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
श्रावण शुक्ल पञ्चमीका दिन प्रत्येक वर्ष नाग पञ्चमी मनाइन्छ । नागका बाह् नाम भए पनि आठ कूलका आठ पटा…
काठमाडौं : काठमाडौंको बबरमहलस्थित नेपाल कला परिषद्को सभाहलमा बिहीवारदेखि चराहरूको फोटो प्रदर्शनी सुरु भएको छ । नेपाल पन्छी संरक्षण संघको आयोजनामा…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…