
वैज्ञानिकहरुले प्लास्टिक खान रुचाउने कीरा पत्ता लागेको बताएका छन् । यो एक किसिमको लार्भा हो । यसले फोहोर रिसाइक्लिङ गर्न र प्रदूषण घटाउन सघाउने आशा अनुसन्धनकर्ताहरुले व्यक्त गरेका छन् ।
अस्ट्रेलियाका वैज्ञानिकहरूले ूसुपरवर्मू को सङ्ज्ञा दिइएको जोफोबास मोरियो नामक एक किसिमको खपटेकीराको लार्भा पोलिस्टाइरीन खाएर बाँच्न सक्ने पत्ता लगाएका हुन्। उनीहरूका अनुसार उक्त लार्भाको पेटमा हुने विशेष प्रकारको एन्जाइम ९पाचनरस० ले प्लास्टिक पचाउन सहयोग गर्छ। उक्त अध्ययनमा संलग्न एक अनुसन्धाताका अनुसार यसले पुनस्प्रयोगको प्रयास अघि बढाउन ठूलो सहयोग गर्न सक्छ।
ूसुपरवर्म सानो पुनस्प्रयोग कारखानाजस्तै हो। मुखले पोलिस्टाइरीन टुक्रा पार्ने र पेटमा भएका ब्याक्टेरियालाई खुवाउने,ू डा। क्रिस रिन्कले भने।
यसरी पत्ता लाग्यो
यूनिभर्सिटी अफ क्वीन्सल्यान्डका अनुसन्धानकर्मीहरूले तीन समूहमा राखिएका सुपरवर्मलाई तीन सातासम्म छुट्टाछुट्टै आहारा दिएका थिए।पोलिस्टाइरीनको खाना दिइएका लार्भाको तौल बढेको उनीहरूले पाएका हुन् । उनीहरूले सुपरवर्मको पेटमा पोलिस्टाइरीन र स्टाइरीन पनि गलाउन सक्ने धेरै एन्जाइम भएको पत्ता लगाए। रेस्टुराँले बेच्ने खानेकुरा राख्न प्रयोग गरिने टेकअवे कन्टेनर र इन्सुलेशन तथा कारका पाटपुर्जा बनाउन पनि पोलिस्टाइरीन र स्टाइरीन चाहिन्छ।
यो अनुसन्धानले प्लास्टिक रिसाइकल गर्ने कारखानाका रूपमा काम गर्न सक्नेगरी ती कीराको खेती गर्न सघाउँदैन। यद्यपि वैज्ञानिकहरूले ती कीराको पेटमा हुने सर्वाधिक प्रभावकारी जैविक रस चिन्ने प्रयास गर्ने छन्। त्यसबाट प्लास्टिक रिसाइक्लिङका लागि प्रयोग गर्न मिल्नेगरी ठूलो परिमाणमा ती जैविक रसको उत्पादन गर्न सकिने बताइएको छ । माइक्रोबिअल जीनोमिक्स नामक वैज्ञानिक जर्नलमा यसबारे एउटा शोधपत्र प्रकाशित भएको छ।
उक्त शोधपत्रका अनुसार एन्जाइम हालेर प्लास्टिक गाल्नका लागि उपकरण प्रयोग गरेर पहिला प्लास्टिकका ससाना टुक्रा पार्नुपर्छ। डा। रिन्कका अनुसार त्यो विधिबाट बनेको पदार्थ प्रयोग गरेर अरू सूक्ष्मजीवले बायोप्लास्टिकजस्ता मूल्यवान् यौगिकहरू बनाउन सक्छन्।
के हो विशेषता
अनुसन्धानले यसअघि नै केही प्रजातिका खपटेकीराका लार्भाले पोलिस्टाइरीन खाने देखाएको थियो। तर यो अनुसन्धानले ूएक कदम अगाडिू बढाएको अस्ट्रेलियन न्याश्नल यूनिभर्सिटीका अनुसन्धानकर्ता कोलिन ज्याक्सनले बताए।
यो अध्ययन धेरै अघि बढेको छ र यसले ९सुपरवर्मको० पेटमा भएको ब्याक्टेरियाले कसरी अणुको तहसम्म काम गर्छ भन्ने बुझाउँछ,ू प्राध्यापक ज्याक्सनले अस्ट्रेलियन ब्रोडकास्टिङ कर्पोरेशनसँग भने। त्यसैले यो बुझ्नु र यस प्रकारको विधि प्रयोग गर्नु यो अनुसन्धान महत्त्वपूर्ण रहेको उनको भनाइ छ। यसअघि अन्तर्राष्ट्रिय स्तरमा अन्य अनुसन्धानकर्ताहरूले पनि प्लास्टिक गाल्न सक्ने क्षमता भएका ब्याक्टेरिया र ढुसी पत्ता लगाएका थिए।
समाचार बीबीसी नेपालीसेवाबाट लिइएको हो ।



हिमालयपारिका जिल्ला मनाङ र मुस्ताङ प्राकृतिक रूपमा वृष्टि छाया क्षेत्रमा पर्छन्। यी जिल्लाहरूमा वर्षा नहुनुको मुख्य कारण पहाडको भौगोलिक…
पोखरा : अविरल वर्षापछि गएको पहिरोमा परी गण्डकी प्रदेशको बागलुङ र म्याग्दीमा गरी १६ जनाको मृत्यु भएको छ ।…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
भूगोलविद् डा. हर्कबहादुर गुरुङ र संरक्षणविद् डा. चन्द्रप्रसाद गुरुङको सम्झनामा बेल्जियममा २०औँ स्मृति दिवस मनाइएको छ। २० वर्षअघि ताप्लेजुङको…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…