
जंगली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । गएराति करिब दुई बजे झापाको दमक नगरपालिकामा एक पुरुषको मृत्यु भएको हो। दीपज्योति टोलमा जंगलबाट आएको हात्तीले आक्रमण गर्दा स्थानीय ४५ वर्षीय मीनबहादुर भण्डारीको मृत्यु अधिकारीले बताएका छन् ।
स्थानीय सुबिन भट्टराईको भान्सा घर भत्काउन लाग्दा धपाउन गएका भण्डारीलाई हात्तीले आक्रमण गरेको थियो । ‘हात्तीले भण्डारीलाई एकसय मिटर जति लखेटेर उचालेर पछार्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले बताएका छन् । घटना लगतै सुरक्षाकर्मी उद्धारकालागि घट्नास्थल पुगेका थिए । जंगली हात्तीले झाफा लगायत निकुञ्ज क्षेत्र वरपरका स्थानीयलाई वर्षेनी दुःख दिदै आएको स्थानीय बताउँछन् ।



यो तस्बिरमा देखिएको पानी भएको क्षेत्र फिर्केखोला हो । यही खोलाको पानी बग्ने जमिन समेत अतिक्रमणमा परेपछि पोखरा महानगरपालिकाले…
जैविक विविधता दिवसको अवसरमा पोखराको फेवाताल किनारमा रहेका ५० वर्ष देखि ३२४ वर्ष सम्मका बुढा रुखको महत्व समेटिएको “बैदामका …
अन्तर्राष्ट्रिय जैविक विविधता दिवस प्रत्येक वर्ष अंग्रेजी मे महिनाको २२ तारिखमा मनाइने गरिन्छ । मे २२ को मिति संयुक्त…
चोरी सिकार नियन्त्रण गर्न अन्नपूर्ण संरक्षण क्षेत्र अन्तर्गत जोमसोमको उच्च हिमाली क्षेत्रमा ड्रोनको प्रयोगगरी वनमा गस्ती गरिएको छ । …