
सरकारले ल्याउँदै गरेको कृषि विधेयकमा कृषिको जैविक विविधता संरक्षणको विषयलाई महत्त्वका साथ उठाउनुपर्ने आवाज उठेको छ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कृषि विधेयकमा जैविक विविधता संरक्षणको विषयलाई महत्वका साथ उठाउनु पर्ने बताएका हुन्छ ।
सोमबार काठमाडौंमा आयोजित तेस्रो राष्ट्रिय जैविक विविधता सप्ताहको समापन समारोहलाई सम्बोधन गर्दै महामन्त्री थापाले सरकारले कृषि विधेयक ल्याउन लागेको र कृषिको जैविक विविधताको विषय ऐनमा समेट्न अहिले राम्रो अवसर रहेको बताए । कृषि विधेयक २० गतेभित्र संसदमा दर्ता गर्ने मन्त्रालयको तयारी रहेको थापाले बाताए । ‘अहिलेसम्म कृषिअन्तर्गत हामीले दर्जनौँ कानुन बनाए पनि यसको मूल कानुन अहिलेसम्म नबनाउँदा नेपाली कृषि क्षेत्रको दिशा कुन हुने भन्ने स्पष्ट थिएन,’ उनले भने, ‘कृषिले जुन गति र लय समात्नुपर्ने थियो, त्यहाँ हाम्रा केही ग्यापहरू छन् ।’
कृषि मन्त्रालयले बनाउँदै गरेको कृषि विधेयक एउटा महत्त्वपूर्ण दस्तावेज बन्ने महामन्त्री थापाले दाबी गरे । ‘यसपटक सरकारले ल्याउने कानुनमा कृषिको जैविक विविधताको विषय नेपालको कृषिको मूल विषय हो भन्ने कुरा पार्न सक्नुपर्छ,’ उनले भने । रैथाने बीउबिजन, उत्पादन, जैविक विविधताको संरक्षणलाई विधेयकमा महत्त्वपूर्ण स्थानमा दिनुपर्ने उनले बताए । ‘खासगरी रैथाने बीउबिजन, उत्पादन यो सबै जैविक विविधताको संरक्षणसँग जोडिन्छ,’ उनले भने, ‘कृषि जैविक विविधताको संरक्षण हाम्रो कृषिको मूल आधार बन्छ कि बन्दैन भन्नेकुरा यो कानुनले टुंग्याउँछ ।’
महामन्त्री थापाले जलवायु परिवर्तनसँग जोडिएका विषयहरू महत्त्वका साथ उठाइएको तर कृषि जैविक विविधताको विषय महत्त्वपूर्ण बन्न नसकेको पनि बताएका थिए । नेपालमा पछिल्लाे समयमा पानीमा निभर जैविक विविधता जाेखिममा पर्दै गएका छन् । सिमसार क्षेत्र अतिक्रमणमा पर्दै जानु, ताल, नदी, खोला, किनारको अतिक्रमण गरेर बस्ती बस्नुले पानीमा आस्रीत जैविक विविधता संकटमा पर्दै गएका छन् ।



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…