
पोखरा : नसर्ने रोगहरूको पहिचानकालागि बिहीबार देखि पोखरामा एक महिना अभियान सुरु भएको छ । पोखराको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र नयाँ बजारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री मन्त्री प्रदिप पौडेलको रक्तचाप परिक्षण र रगत परिक्षण गरेर सुरु भएको हो ।
कार्यक्रममा बोल्दै मन्त्री पौडेलले जनतालाई रोगी बन्न नदिने रणनीति तय गर्न रोग जटील हुनु अगावै रोग पत्ता लगाएर निदान गर्न यो अभियान देशै भर सुरु गरिएको बताए । उनले जनतालाई रोगी बन्न नदिने रणनीति तय गर्न थप आवश्यक रहेको पनि उनले बताए । निरोधात्मक क्षेत्रको कामलाई प्रभावकारी बनाउन यो अभियान सुरु गरिएको पनि उनले बताए ।
मधुमेह, उच्च रक्तचाप आदिका कारण धेरै स्वास्थ्य समस्या आउने बताउँदै ती समस्याको सुरुमै पहिचान भएका अन्य रोग निम्तन नसक्ने पनि उनले बताए । यसैकालागि यो अभियान सुरु गरिएको उनले सुनाए । यो अभियान सफल बनाउन देशभरका वडा कार्यालय देखि सबै निकाय लाग्नु पर्नेमा उनले जोड दिए । यो अभियान ३० वर्ष माथिका १ करोड ४० लाख नागरिकको रोगका पहिचान आवश्यक भएको पनि उनले बताए । यस अभियानकालागि तीनवटै तहका सरकार बीच समन्वय आवश्यक हुने र फागुन महिनाभर यो अभियान सञ्चलन हुने बताइएको छ ।
यो अभियान प्रत्येक वर्ष फागुन महिनामा सञ्चालन गरिने पनि मन्त्री पौडेलले बताए । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रवक्ता मोति तिमिल्सिनाले पोखरा महानगरपालिकाको गत वर्षको तथ्याङ्क हेर्दा उच्च रक्तचापका बिरामी सबैभन्दा धेरै देखिएको र त्यसपछि मधुमेह रहेको जानकारी दिए । नसर्ने रोगको पहिचान गरी उपचारको दायरामा ल्याएर यसबाट हुने मृत्यु घटाउन यो कार्यक्रम आएकोले सबै नागरिकले बेलैमा स्वास्थ्य परिक्षण गर्न अनुरोध गरे । पोखरा ८ का वडा अध्यक्ष रुद्रनाथ बरालले नसर्ने रोगका पहिचानमा यो अभियान महत्त्वपूर्ण हुने विश्वास व्यक्त गरे ।



अन्नपूर्ण हिमालको काखमा रहेको फेवातालको उत्पत्तिको इतिहास निकै रोचक छ। यसको वैज्ञानिक इतिहास खोज्न करिब १२ हजार वर्ष अघिसम्म…
तराई क्षेत्रमा जलवायु अनुकूलित धान उत्पादन बढाउन दक्षिण कोरिया सरकारले करिब २ अर्ब रुपैयाँ बराबर अनुदान सहयोग गर्ने भएको…
२०६९ वैशाख २३ गते माछापुच्छ्रे गाउँपालिका स्थित सेती नदीको खारापानी क्षेत्रमा सधै झैँ दैनिकी चलेको थियो । पिकनिक खान, तातोपानीमा…
पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
पोखरा : पोखरा उपत्यकामा ५ सय ४१ प्रजातिका चरा रेकर्ड भएका छन् । सन् २०१९ मा गरेको अध्ययनमा ४…