
शुभकामना सन्देशहरू

गण्डकी प्रदेश विशेष गरी पोखरालाई कार्य क्षेत्र बनाई पत्रकारिता क्षेत्रमा लाग्नु भएका प्रकृति प्रेमी साथीहरुले इ-नेचर न्युज अनलाइन पत्रिका सञ्चालन गर्न लाग्नु भएको खबरले मलाई अत्यन्त खुसी तुल्याएको छ । मलाई आशा एवं विश्वास छ , यो पत्रिकाले गण्डकी प्रदेशको मात्र नभएर समग्र नेपाल र अन्तर्राष्ट्रिय स्तरका वन र वातावरण, वन्यजन्तु र वनस्पति, जैविक विविधता र पारिस्थिकीय प्रणाली, वातावरण र जलवायु परिवर्तनका मुद्दा तथा ताल तलैया मात्र होइन तराई, भित्रीमधेश, पहाड र हिमालका कुना कन्तारामा लुकेर रहेका प्रकृतिका ज्ञानलाई उजागर गरी मानव र समग्र सृष्टि जगतको भलाइको लागि आफ्नो सम्पूर्ण तागत त्यस तर्फ केन्द्रित गर्नेछ । अविच्छिन्न सफलताका लागि हार्दिक शुभ-कामना !!

प्रकृतिमा रुचि राख्नेहरूको समूहले अनलाइन ‘इ-नेचर न्युज’ खोलेको सुन्दा खुसी लागेको छ ।अब भने वन, वन्यजन्तु तथा वातावरणका सही र तथ्यमा आधारित समाचार तथा फिचरहरू पढ्न पाइने छ ।मूलधारका मिडियाले नसमेटेको विषयहरूलाई पनि प्राथमिकतामा राखियोस् ।यो निरन्तर चलिरहोस् l सबैलाई बधाई तथा शुभकामना।

मानवले प्रकृतिसँग सम्बन्ध बिगारेर आजको यो भयावह अवस्था आएकाे छl मानव र वन्यजन्तु प्रकृतिका अभिन्न अङ्ग हुन्l इ -नेचर न्युजले प्रकृतिका मुद्दाहरूलाई केन्द्रमा राखेको सुन्दा खुसी लागेको छl सम्पूर्ण समूहलाई हार्दिक बधाई तथा सफलताको शुभकामना l

प्रकृतिलाई केन्द्रमा राखेर सञ्चालन हुन् लागेको ‘इ-नेचर न्युज’ अनलाइनको खबरले खुसी बनाएको छ । मूल धारमा आउन नसकेका प्रकृतिका विभिन्न आयामहरूले प्राथमिकता पाउने कुरामा ढुक्क छु । नीति निर्माता, स्थानीय समुदाय तथा युवा अनुसन्धानकर्मी आदि सबैको भावनालाई यसले समेट्ने आशा गरेको छु ।यो अनलाइन यो क्षेत्रको उत्कृष्ट बन्न सकोस्, यही शुभकामना छ ।

विकासको नाममा वनजंगल तथा प्रकृति माथिको अत्याधिक दोहनले गर्दा अहिले बिश्व कोभिड-१९ बाट आक्रान्त छ ।यसले गर्दा मानिसको जीवननै संकटमा परेको छ ।यो बिनासलाई रोक्न समाचारको माध्यमबाट जनचेतना जगाउने उदेश्यले हाम्रो सामु प्रकाशित www.enaturenews.com लाई बधाई तथा शुभकामना ।

नेपाल जैविक विविधतामा धनी छ ।यो क्षेत्रको व्यवस्थापन र संरक्षणकोलागी सबै सरोकारवालाहरूलाई सुसूचित नगरेसम्म सम्भव छैन। ‘इ-नेचर न्युज’ खबरले सुसूचित गर्नुका साथै आम नागरिकलाई प्रकृति प्रति लगाव बढाउन सहयोग गरोस् ।सम्पूर्ण समूहलाई बधाई तथा शुभकामना ।

वातावरण र प्रकृतिको विषयमा आवाज बुलन्द गर्ने समूह थपिएकोमा बधाई दिन चाहन्छु l यसले नेपालको जैविक विविधता र वातावरणका विभिन्न आयामहरूको बारेमा स्थानीय समूह देखि नीति निर्मातालाई जानकारी र यिनको संरक्षणमा अहम् भूमिका खेल्ने कुरामा विश्वस्त छु l सम्पूर्ण पत्रकार महासंघको तर्फबाट शुभकामना l



पोखरा : दोस्रो कोदो महोत्सवमा पोखरामा किसान सम्मानीत भएका छन् । किसानलाई कोदो खेती तर्फ आकर्षण गर्न पोखरा महानगरपालिकाले…
गण्डकी प्रदेश सभाले पारित गरेर प्रमाणीकरणकालागि पठाइएको औषधीजन्य तथा औधोगिक प्रयोजन गाँजा खेतीलाई नियमन र उपयोग गनै बनेको विधेयक…
पोखरा : स्याङजाको पर्यटकीय गाउँ राङभाङ, भैँसेगौंडामा पर्यापर्यटन बुझाउने पुस्तक सार्वजनिक भएको छ । प्रकृतिका साथीहरू नामक संस्था र…
हिमालपारिको जिल्ला मुस्ताङको लोमान्थाङमा १८औँ अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइएको छ । हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर…
पोखरा : हरेक वर्ष सेप्टेम्बर महिनाको पहिलो शनिबार विश्वभर अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस मनाइन्छ । समुदाय, विद्यालय, विश्वविद्यालय, अनुसन्धानकर्ता,…
प्रकृति बलवान हुन्छ । मानवले जतिसुकै विकास गरे पनि प्रकृति आफ्नै गति र रफ्नारमा रहन्छ । बुधबार बिहान भोटेकोशी…